IME Life New

बजेटमै बैंकको सुरक्षासम्बन्धी नीति आउँदा मनोबल बढेको छ: अध्यक्ष केसी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले विषम परिस्थितिमा पनि आगामी आर्थिक वर्ष २०८१।८२ को बजेट सन्तुलित तथा समयसापेक्ष भएर आएको बताएका छन्।

काठमाडौंमा बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेटमा समावेश भएका विषयहरूमा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष केसीले यस्तो बताएका हुन्। उनले पर्यटन, जलविद्युत्, स्टार्टअप, सूचना प्रविधि लगायत प्रचुर सम्भावनाका क्षेत्रहरुलाई पहिचान गरी प्राथमिकतासाथ बजेट छुट्टाउनु राम्रो पक्ष भएको बताए। यसले बैंकिङ क्षेत्रलाई निकै फाइदा हुने विश्वास गरिएको पनि उनले बताए।

Esewa
Crest

यस्तै, निजी क्षेत्रलाई सँगसँगै अगाडि लैजाने बजेटमा आउँदा बैंकलाई लगानी बढाउने अवसर पनि हुने केसीको भनाइ थियो। ‘अधिक तरलता भएको अहिलेको अवस्थामा लगानीका लागि थप सहज हुनेछ’, उनले भने, ‘यसका लागि बैंकिङ क्षेत्र सहकार्य गर्न तयार रहेको छ।’

सामाजिक सुरक्षा कोषमा लाग्ने दोहोरो कर हटाउनुपर्ने, निष्क्रिय कर्जा अनुपात बढ्दै जाँदा बैंकलाई कर छुट दिनुपर्नेजस्ता सुुझाव राखिए पनि पुरा नभएको गुनासो अध्यक्ष केसीले गरे। यद्यपि, विदेशबाट ऋण ल्याउँदा ब्याजदरमा लाग्ने कर घटाइनु राम्रो पक्ष भएको उनको भनाइ छ।

सबै सरकारी अफिस, मालपोत तथा कर कार्यालय बैंकिङ प्रणालीमा जोड्ने बजेटको उद्देश्य स्वागतयोग्य भएको उल्लेख गर्दै केसीले यस नीतिका कारण बैंकको लागत पनि कम हुने अपेक्षा गरिएको बताए। बैंकको सुरक्षा लगायतमा सचेतना कार्यक्रम गर्ने लक्ष्य बजेटमै आउँदा बैंकिङ क्षेत्रको मनोबल बढेको उनले बताए। यस्तै आगामी दिनमा मौद्रिक नीतिले केही विषयहरुलाई अगाडि बढाउँदा बजेटले लिएका लक्ष्य पूरा गर्न सहज हुने अध्यक्ष केसीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS