IME Life New

बजेटमार्फत विपन्न र न्युन आय भएका जनताको बीमामा ७५ % अनुदान दिन‍ समितिको सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले विपन्न र न्युन आयस्तर भएका जनताको बीमा गर्दा लाग्ने बीमा शुल्कमा ७५ प्रतिशत अनुदान दिने व्यवस्था गर्न बीमा समितिले अर्थमन्त्रालयलाई सुझाव दिएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेटमा सुझाव पेश गर्ने क्रममा बीमा समितिले यस्तो सुझाव दिएको हो ।

समितिले विपन्न र न्युन आयस्तर भएका जनताको आर्थिक सुरक्षण तथा बचत अभिबृद्धि गरी बीमाको पहुँच विस्तार गर्न लघु बीमामा पनि कृषि तथा पशुपन्छी बीमामा जस्तै नेपाल सरकारबाट ७५ प्रतिशत अनुदान प्रदान गर्ने व्यवस्था गर्न सुझाव दिएको छ ।

Esewa
Crest

समितिले नेपाल सरकारले प्रदान गर्दै आएको कृषि तथा पशुपन्छी र जडिबुटी बीमा तथा खाध्यान्न भण्डारण गृहको अनुदानलाई निरन्तरता दिन आग्रह गरेको छ । साथै लघु बीमामा भ्याट छुट दिने व्यवस्था गर्न समेत समितिले मन्त्रालय समक्ष सुझाव प्रस्तुत गरेको छ ।

यस्तो नीतिलाई कार्यान्वयनका लागि सरकारले अनुदान सम्बन्धी निर्देशिका संशोधन गरी अनुदान प्रणालीलाई दिगो र सर्व सुलभ बनाई लघुबीमामा अनुदान दिने र भ्याट छुट दिने कार्यनीति बनाउनु पर्नेछ । यस्तो कार्यक्रमले न्युन आय भएका वर्गहरु समेत बीमाको दायरामा आउने सक्ने र आर्थिक सुरक्षा हुने अपेक्षा गरिएको छ । अनुदान तथा भ्याट छुट जस्ता कार्यक्रमले बीमाको दायरा फराकिलो हुनुका साथै न्युन आय भएका वर्गहरु पनि बीमाको दायरामा आउने समितिको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS