IME Life New

बजारलाई चलायमान बनाउन मौद्रिक नीतिमा लचकता अपनाउनुपर्छः अध्यक्ष ढकाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजारलाई चलायमान बनाउन अब आगामी मौद्रिक नीतिमा लचकता अपनाउनुपर्ने सुझाव दिएका छन्।

मौद्रिक नीतिका सम्बन्धमा महालंघले मंगलबार आयोजना गरेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँगको छलफलमा अध्यक्ष ढकालले यस्तो सुझाव दिएका हुन्। ‘बजेटमा निजी क्षेत्रका केही माग सम्बोधन भएका छन् तर बजार चलायमान हुने नीति आएको छैन’, उनले भने, ‘नयाँ लगानी नआउँदा बजार चलायमान भएन, आयात घटेको र यसले बजार चलायमान नभएको देखिन्छ।’

Esewa
Crest

अब नीतिमा सुधार आवश्यक रहेको अध्यक्ष ढकालले औँल्याए। ‘यसबारेमा सोच्न ढिलो भइसकेको छ, अब झन ढिला गर्न हुन्न’, उनले भने, ‘उद्योगहरुको ऋण तिर्ने क्षमतामा ह्रास आएको छ। निजी क्षेत्रको गिर्दो मनोबललाई उठाउनुपर्छ।’

बैंकहरुबाट सानो कर्जा सुविधा विस्तार गर्नुपर्नेमा ढकालले जोड दिए। ‘साँवा–ब्याज भुक्तानीमा राष्ट्र बैंकले सहज व्यवस्था गरिदिनुपर्छ’, ढकालले भने।

ऋणीलाई कालोसूचीमा राख्ने व्यवस्थामा कडाइ भएको ढकालले बताए। ‘सबै व्यवसायीको नियत खराब हुँदैन, परिस्थितिले पनि व्यवसायी खराब जस्ता देखिन्छन्’, उनले भने, ‘बैंकमा तरलता टन्नै हुँदा पनि कर्जा विस्तार भएको छैन। अब कर्जाको माग बढाउन लचिलो नीति ल्याउन आवश्यक छ।’

आगामी मौद्रिक नीतिले निजी क्षेत्रको गिर्दो मनोबललाई उठाउनुपर्ने धारणा अधयक्ष ढकालको थियो। ‘आगामी मौद्रिक नीतिले केही गर्छ कि भन्ने आशा निजी क्षेत्रलाई रहेको छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS