IME Life New

बंगलादेशले बीमा सेवाका लागि अत्याधुनिक प्रविधि भित्र्याउन ल्यायाे नयाँ निर्देशिका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । बंगलादेशी बीमा नियामक बीमा विकास तथा नियमन प्राधिकरणले सूचना प्रविधि क्षेत्रलाई समेत बीमा सेवामा समावेश गर्न नियामक स्यान्डबक्स निर्देशिका जारी गरेको छ । यो कार्यान्वयन भएमा प्रविधिमा आधारित रहेर स्वचालितरुपमा बीमालेख बिक्री गर्ने इन्स्याेरटेक प्लेटफर्म  मार्फत ब‌ंगलादेशमा बीमाकाे पहुँच बिस्तारमा याेगदान पुग्ने अपेक्षा नियामककाे छ।

सूचना प्रविधिको तीब्र विकाससँगै नयाँ बीमा योजना र द्रूत र पारदर्शी बीमा सेवाकाे माग गर्ने ग्राहकको संख्यामा उल्लेख्य वृद्धि भएकाे नियामकले जारी गरेकाे परिपत्रमा उल्लेख छ।  बीमा क्षेत्रको सुव्यवस्थित विकास र उपभोक्ताको हितको रक्षा गर्ने र सूचना प्रविधि क्षेत्रलाई बीमा सेवामा समावेश गर्नका लागि ‘बीमा विकास तथा नियामक प्राधिकरण नियामक स्यान्डबक्स गाइडलाइन्स–२०२३’ जारी गरिएको छ ।

Esewa
Crest

आईडीआरएका अनुसार नयाँ निर्देशिकाकाे प्रावधान अन्तर्गत बीमा कम्पनीहरू, इन्सुरटेक वा स्टार्ट-अप संस्था र प्राधिकरणले तोकेको कुनै अन्य व्यक्ति वा संस्थासँग बीमा योजना तयार पार्न, बीमालेख प्रवर्द्धन र बिक्री गर्न (ई-कमर्श सहित), बीमा दाबी भुक्तानीकाे प्रकृयामा संलग्न हुन सक्छन्। ,

निर्देशिका अनुसार, नियामक स्यान्डबक्स भनेको नयाँ व्यापार स‌ंभावनाहरू सिर्जना गर्ने उद्देश्यका साथ सूचना प्रविधिको माध्यमबाट नयाँ बीमा योजना वा सेवाहरू आविष्कार गर्न प्रयोगात्मक गतिविधिहरू सञ्चालन गर्ने प्रणाली हो।

नयाँ निर्देशिका तीन प्रकारका व्यक्ति वा संस्थाहरू बीमक; कुनै पनि इन्सुरटेकवा स्टार्ट-अप कम्पनी र प्राधिकरणद्वारा तोकिएको कुनै अन्य व्यक्ति वा संस्थाहरू सहभागी हुन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS