IME Life New

बंगलादेशमा तेश्राे पक्ष माेटर बीमा पुनः अनिवार्य गर्न उठ्यो आवाज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बंगलादेश इन्स्योरेन्स एशाेसिएशन (बिआइए) ले पीडित पक्षकाे राहतकाे लागी ब‌ंगलादेशमा  मोटर बीमा तत्काल अनिवार्य गर्नुपर्ने सुझाव दिएकाे छ ।

एशाेसिएशनका अध्यक्ष शेख कबीर हुसेनले हालै स्थानीय अनलाइन खबर द फाइनान्सियल एक्सप्रेसलाई दिएकाे अन्तर्वार्तामा तेश्राे पक्ष माेटर बीमाकाे प्रावधान मोटर ऐन २०१८ लागू भएपछि हटाइएकाे जानकारी दिइए । हाल माेटर दुर्घटनाका पीडितलाई सवारी दुर्घटना राहत काेषबाट सरकारले क्षतिपूर्ती दि‌ंदै आएकाे छ। काेषकाे प्रावधान अस्थायी हुने भएकाले अनिवार्य माेटर बीमाका माध्यमबाट स्थायी समाधान खाेज्नुपर्ने स‌ंघकाे सुझाव छ।

Esewa
Crest

हुसेनले आगलागी, भूकम्प वा अन्य विपद्का लागि सबै सरकारी तथा निजी प्रतिष्ठानलाई अनिवार्य बीमाको दायरामा ल्याउनुपर्ने बताए । बैंकास्योरेन्स बारे हुसेनले संघले आफ्नो अन्तिम सुझाव सरकारलाई बुझाइसकेको बताए । “वित्तीय बीमा महाशाखाले जारी गरेको बैंकास्योरेन्स निर्देशिकामा केही विरोधाभासी प्रावधानहरू थिए। अहिले हामीले संशोधन गरी वित्तीय संस्था महाशाखामा बुझाएका छौं।”

यसैबीच पाकिस्तानमा समेत तेश्राे पक्ष माेटर बीमाकाे दायीत्व सम्बन्धमा प्रावधान ल्याउनुपर्नेमा स्थानीय बीमा नियामकले सराेकारवालाहरुसँग छलफल शुरु गरेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS