IME Life New

बंगलादेशः हसिना निकटका व्यक्ति आईएफआईसी बैंकको सञ्चालक पदबाट हटाइए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बंगलादेशको केन्द्रिय बैंकले पूर्व प्रधानमन्त्री शेख हसिनाका निजी उद्योग र लगानी सल्लाहकार सलमान एफ रहमानका छोरा अहमद सयान फजलुर रहमानलाई आईएफआईसी बैंकको सञ्चालक पदबाट मुक्त गरेको छ।

यो बैंकबाट फजलुर रहमानले ऋण लिएर चुक्ता गरेका छैनन् । आफू ऋणी रहेको बैंकको सञ्चालक हुन नपाउने कारण देखाउँदै केन्द्रिय बैंक, बंगलादेश बैंकले आईएफआईसी बैंकमा पुनः सञ्चालकको रूपमा फजलुर रहमानको नियुक्तिको लागि दिएको निवेदन अस्वीकार गरेको छ ।

Esewa
Crest

नेपालको नबिल बैंकमा आईएफआईसीको ७.७७ प्रतिशत शेयर लगानी रहेको छ। यो बैंकको शेयर चाैधरी समूहले खरिद गर्ने प्रयास गरेपनि नेपाल राष्ट्र बैंकले स्वीकृति दिएन ।

शेख हसिना सत्तामै रहेकी भए राजनीतिक प्रभावका कारण फजलुरलाई केन्द्रिय बैंकले सञ्चालक समितिमा पुनः नियुक्तिका लागि रोक लगाउन सक्ने थिएन । बंगलादेश बैंकले आइएफआईसी बैंकका प्रबन्ध निर्देशकलाई गत आइतबार फजलुर रहमानको निवेदन अस्वीकार गरेको सम्बन्धमा जानकारी गराएको थियो ।

बंगलादेश बैंकको पत्र अनुसार, अहमद सयान फजलुर रहमान जुन २७, २०२४ मा बैंकको ४७ औं वार्षिक साधारण सभाबाट पुनः सञ्चालकको निर्वाचित भएका थिए। उनको स्वार्थसँग सम्बन्धित कम्पनी एसेस फेशन्स लिमिटेडको नाममा ऋण चुक्ता नभएकाले बैंक कम्पनी ऐन बमोजिम उनलाई बैंकको सञ्चालकमा पुन: नियुक्त गर्ने प्रस्ताव केन्द्रिय बैंकले अस्वीकार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS