IME Life New

फोन पेले संचालनमा ल्यायो फोनपे सुपरयात्रा नयाँ अभियान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भुक्तानी प्रणाली संचालक,फोनपे ले “फोनपे सुपरयात्रा” नामक नयाँ अभियान संचालन गरेको छ । उक्त अभियानको उद्देश्य,मोबाइल बैंकिङ एप मार्फत एयरलाइन टिकेट खरिद गर्दा ग्राहकहरुबीच डिजिटल भुक्तानीको सहजतालाई झल्काउनु रहेको छ ।

सुपरयात्रा अभियान असोज १७ देखि कार्तिक ११ सम्म लागू हुनेछ। यस अभियान अन्तर्गत एक भाग्यशाली ग्राहकले उपहार स्वरुप म्याकबुक एयर प्राप्त गर्ने छन्।अतिरिक्त लाभको रूपमा, नयाँ ग्राहकहरूले प्रोमो कोड सुपर यात्रा २०० प्रयोग गरी आफ्नो पहिलो एयरलाइन टिकट खरिद गर्दा २०० रूपैयाँ क्यासब्याकको मजा लिन सक्नेछन्। यस अभियानमा सहभागि हुन ग्राहकहरुले तोकिएको अभियान अवधिमा मोबाइल बैंकिङ एप मार्फत कम्तीमा एउटा एयरलाइन टिकट खरिद गर्नुपर्नेछ।

Esewa
Crest

यस अभियानले मोबाइल बैंकिङ एप मार्फत एयरलाइन टिकटहरू खरिद गर्ने सहजतालाई मनाउनुको साथ साथै यस चाडपर्वको घडिमा अधिकांश ग्राहकहरुको यात्रामा थप उर्जा थप्ने लक्ष्य पनि राखेको छ।

सो अभियानको उदेश्यका बारेमा बोल्दै फोनपेका चिफ स्ट्राटेजि अफिसर सुवोद शर्माले भने, “हाम्रो अभियानको प्रमुख उद्देश्य, यात्रुहरूले एयरलाइन टिकट खरिद गर्दा मोबाइल बैंकिङ एप रोज्नको लागि थप आकर्षणको सिर्जना गराउनु हो । हाम्रो लक्ष्य धेरै भन्दा धेरै ग्राहकहरुलाई विधुतीय भुक्तानी प्रणालीमा प्रवेश गराउनुमा केन्द्रित रहेको छ र सुपरयात्रा जस्ता अभियान सोहि लक्ष्यलाई अगाडी बढाउने एउटा कदम हो”।

फोनपे बिल्स, फोनपे को सेवाहरूमध्ये एक हो जहाँ ग्राहकहरूले एयरलाइन्स टिकेटको साथ साथै आफ्नो बिजुली, पानी, टिभी, इन्टरनेट, सरकारी राजस्व, शिक्षा जस्ता सेवाहरुको प्रत्यक्ष रूपमा भुक्तानी गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS