IME Life New

फोनपेको आकर्षक सेवा, मोबाइल फोनमा भ्वाइस नोटिफिकेसन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फोनपेले आफ्नो नयाँ आविष्कार स्वरुप, मोबाइल फोनहरूमा भ्वाइस नोटिफिकेसन सेवा शुरु गरेको छ। फोनपे नेटवर्कका सबै व्यवसायहरूले फोनपे बिजनेस एपमार्फत भ्वाइस नोटिफिकेसन सेवा प्राप्त गर्न सक्नेछन् । फोनपे बिजनेस एपले व्यवसायहरूको सम्पूर्ण डिजिटल भुक्तानी लेनदेनहरूलाई एउटै प्लेटफर्ममा व्यवस्थित र ह्यान्डल गर्न मद्धत गर्ने कम्पनीले बताएको छ।

यस प्रकारको नयाँ सुबिधाले फोनपे नेटवर्कमा आबद्ध व्यवसायहरूको क्युआर भुक्तानी प्राप्त गर्ने अनुभवलाई पुनस् परिभाषित गरेको छ। उक्त सुबिधाले एसएमएसमार्फत भुक्तानी पुष्टिकरणमा भर पर्नुपर्ने आवश्यकतालाई हटाएको छ ।

Esewa
Crest

यो सेवालाई उपभोग गर्न फोनपे नेटवर्कका व्यवसायहरूले फोनपे बिजनेस एप डाउनलोड गरेर वा केवल फोनपे बिजनेस एप को नयाँ भर्जनमा अपडेट गरेर नोटिफिकेसन सेटिंगबाट भ्वाइस नोटिफिकेशन सुचारु गर्न सक्नेछन् ।

भ्वाइस नोटिफिकेशन सुविधाको सुरुवातसँगै, फोनपे बिजनेस एपका प्रयोगकर्ताहरूले भुक्तानी सूचनाहरूका लागि आफ्नो मोबाइल फोनको निरन्तर म्यानुअल अनुगमन गर्नु पर्ने आवश्यकता हटेको कम्पनीले जनाएको छ ।

भ्वाइस सूचना सुविधाले स्पष्ट र श्रव्य आवाज अलर्टको रूपमा रियल टाइम भुक्तानी सूचनाहरू डेलिभर गर्दै व्यापारीहरूबाट महत्त्वपूर्ण लेनदेन सम्बन्धि जानकारीहरु कहिल्यै नछुटोस् भनी सुनिश्चितता गरेको जनाएको छ ।

कम्पनीका सीईओ दिवस कुमारले आजको व्यवसायिक वातावरणमा व्यापारहरुले सामना गर्ने चुनौतीहरूबारे अवगत रहेको उल्लेख गर्दै थप सुबिधाका साथ आफ्ना व्यापारीहरूलाई अझ सशक्त बनाउँदै जाने योजना रहेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS