IME Life New

फेसबुकमा पनि देखिन थाल्याे मन्दीकाे प्रभाव, एक महिनामै १० हजारलाई जागिरबाट निकाल्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । फेसबुककाे माउ कम्पनी मेटाले आफ्ना विभिन्न  प्लेटफर्महरूमा म‌ंगलबार दोस्रो चरणकाे राेजगारी कटाैतीकाे घाेषणा गरेकाे छ। मेटाका अनुसार दाेश्राे चरणमा १० हजार राेजगारी कटाैती गरिनेछ। एक महिना अघि मात्र मेटाले ११,००० कर्मचारीलाई राेजगारीबाट बिमुख बनाएर घर जान बाध्य बनाएकाे थियाे ।

“हामी हाम्रो कर्मचारीकाे आकारलाई करिब १० हजार भन्दा तल सीमित गर्ने आशामा छाै‌ं, र करीब ५ हजार भावी नियुक्तिहरू पनि कटाैती गर्दैछाैं,” मुख्य कार्यकारी अधिकृत मार्क जुकर वर्गले घाेषणा गरेका छन्।

Esewa
Crest

राेजगारी कटाैती गरिएकाहरू मेटाकाे फराकिलो पुनर्संरचनाको हिस्सा हुन् । कम्पनीले आफ्नो संगठनात्मक संरचनालाई सुदृढ गर्दै कम प्राथमिकताका परियोजनाहरू रद्द गर्ने रनयाँ नियुक्ति दरहरू कटाैती गर्ने रणनीति अपनाएकाे छ।  मेटाकाे राेजगारी कटाैतीकाे खबरले शेयर बजारमा मेटाकाे काराेबार मूल्य २ प्रतिशतले बढेकाे छ।

ओरालाे लाग्दाे अर्थव्यवस्थाले अमेरिकाभर राेजगारका अवसरहरुमा ठूलाे कटाैती भइरहेकाे छ।  राेजगारी कटाैती गर्नेहरुमा वाल स्ट्रीट बै‌ंक जस्तै गाेल्ड सेच, माेर्गन स्टानलीदेखि लिएर अमेजन र माइक्राे सफ्ट जस्ता ठूला प्रविधि कम्पनीहरू समेत छन् ।

सन् २०२२ काे प्रारम्भ देखि सूचना प्रविधि कम्पनीहरूले २ लाख ८० हजार राेजगारी कटाैती गरिसकेका छन् , जसमध्ये ४० प्रतिशत कटाैती सन् २०२३ काे शुरूवाती तीन महिनाभित्र भएकाे छ।

विश्वभर बढ्दाे आर्थिक मन्दी र ब्याज दरका कारण कम्पनीहरुले विज्ञापन खर्चमा कै‌ंची चलाएसँगै फेसबुककाे माउ कम्पनी मेटाकाे आम्दानी खुम्चिन थालेकाे छ ।यसैकारण मेटाले भावी याेजनाहरुलाई पुनर्विचार गर्दै जनशक्ति कटाैतीकाे रणनीति अ‌ंगालेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS