IME Life New

फागुन १ गतेबाट ग्लोबल आइएमई क्यापिटलले बिहान ८ बजेदेखि सेवा दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले प्रभातकालिन काउन्टर प्रत्येक दिन बिहान ८ बजेदेखि सञ्चालन गर्ने जनाएको छ । आफ्नो व्यस्त दैनिकी, रोजगारी, जागिर तथा पेशा व्यवसायमा आवद्ध भएका तथा अन्य कारणले गर्दा यस कम्पनीको नियमित कार्यालय समयमा कार्यालयमा उपस्थीत भई सेवा लिन असमर्थ भएका ग्राहक महानुभावहरुको हित तथा सुविधालाई मध्यनजर गरी फागुन १ गतेदेखि (सार्वजनिक विदा र शनिबार बाहेक) प्रत्येक दिन बिहान ८ः०० बजेदेखि प्रभातकालिन काउण्टर सञ्चालन गरिने जनाएको छ ।
उक्त समयमा हितग्राही खाता र मेरो शेयर खाता खोल्ने तथा नविकरण गर्ने, हितग्राही खाता तथा मेरो शेयरसँग सम्बन्धित विवरण अद्यवाधिक गर्ने, आफ्नो नाउँमा रहेको विभिन्न सूचीकृत कम्पनीहरुको भौतिक शेयर अभौतिकिकरण गरी डिम्याट खातामा जम्मा गर्ने, शेयर धितो रोक्का÷फुकुवा गर्ने लगायतका सम्पूर्ण कार्य तथा यस कम्पनीले प्रदान गर्ने अन्य सेवा सुविधा सम्बन्धि आवश्यक जानकारी लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS