IME Life New

फागुनका लागि वाणिज्य र विकास बैंकहरुले घटाए ब्याजदर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अधिकांश बैंकहरुले फागुनका लागि ब्याजदर घटाएर सूचना प्रकाशित गरेका छन्।

अहिलेसम्म प्राप्त जानकारीअनुसार अधिकांश वाणिज्य बैंक र विकास बैंकहरुले फागुनका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका हुन्। वाणिज्य बैंकहरुमध्ये सानिमाले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ७.५१ प्रतिशत र संस्थागतमा ५.५१ प्रतिशत ब्याज दिने भएको छ। माघमा सानिमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ८.१५ प्रतिशत दिएको थियो।

Esewa
Crest

यसैगरी फागुनमा कुमारी बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ८.०१ प्रतिशत र संस्थागतमा ६.०१ प्रतिशत दिने भएको छ। माघमा कुमारीले व्यक्तिगतमा अधिकतम ८.११ प्रतिशत ब्याज दिएको थियो। नेपाल बैंकले पनि ब्याजदर घटाएर फागुनमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ७.२५ प्रतिशत र संस्थागतमा ५.२५ प्रतिशत ब्याज दिने भएको छ।

यसैगरी फागुनमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएर कृषि विकास बैंकले ६.४४ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ७.३५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ७.३५, प्रभु बैंकले ७.५ प्रतिशत, ग्लोबल आइएमई बैंकले ७.६ प्रतिशत, नबिल बैंकले ७.७५ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ८ प्रतिशत, एनआईसी एसिया बैंकले ८ प्रतिशत, नेपाल एसबीआई बैंकले ८.१ प्रतिशत र हिमालयन बैंकले ८.७२ प्रतिशत निर्धारण गरेका छन्।

हिमालयन बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक र एभरेष्ट बैंकले भने माघकै ब्याजदरलाई फागुनमा निरन्तरता दिने भएका छन्। माघमा हिमालयनले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ८.१५ प्रतिशत र माछापुच्छ्रे, लक्ष्मी सनराइज र एभरेष्टले ८ प्रतिशत ब्याज दिएका थिए। अब यही ब्याजदर फागुनमा पनि यी बैंकले उपलब्ध गराउनेछन्।

उता राष्ट्रियस्तरका विकास बैंकहरुमा शाइन रेसुंगा, ज्योति, मुक्तिनाथ र लुम्बिनीले फागुनका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएरका छन्। ज्योतिले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ८.५ प्रतिशत र संस्थागतमा ६.५ प्रतिशत तथा शाइन रेसुंगा, मुक्तिनाथ र लुम्बिनीले व्यक्तिगतमा ८.४ प्रतिशत र संस्थागतमा ६.४ प्रतिशत ब्याज दिने भएका छन्। माघमा राष्ट्रियस्तरका अधिकांश विकास बैंकले व्यक्तिगतमा अधिकतम ८.८ प्रतिशत र संस्थागतमा ६.८ प्रतिशत ब्याज दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

17%
amazed

अचम्मित

17%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS