IME Life New

फाइनान्स कम्पनीः ९ वटा नाफामा रहँदा ८ वटा घाटामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिना जेठसम्मको तथ्यांक हेर्दा हाल सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीमध्ये ९ वटाले मात्रै नाफा कमाएका छन् भने बाँकी ८ वटा घाटामा रहेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो।

यो ११ महिनामा फाइनान्स कम्पनीमा नाफा आर्जनको हिसाबले शीर्ष मञ्जुश्री फाइनान्स रहेको छ। जेठसम्म यो कम्पनीले २५ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

Esewa
Crest

दोस्रो स्थानमा आईसीएफसी फाइनान्स रहेको छ। यो फाइनान्सले ७ करोड १२ लाख रुपैयाँ नाफा कमाए छ।

नाफा आर्जनको हिसाबले गोर्खाज फाइनान्स तेस्रो स्थानमा रहेको छ। जेठसम्म गोर्खाजले ६ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको छ।

यसैगरी श्रीइन्भेस्टमेन्टले ४ करोड ९४ लाख रुपैयाँ, गुडविलले ३ करोड ६२ लाख रुपैयाँ, मल्टीपर्पसले २ करोड ७० लाख रुपैयाँ, एनएसएमले १ करोड ९९ लाख रुपैयाँ, सी मर्चेन्टले १ करोड ५३ लाख रुपैयाँ र नेपाल फाइनान्सले २७ लाख ८० हजार रुपैयाँ नाफा आर्जन गरेको छ।

यो ११ महिनामा सबैभन्दा बढी घाटा समृद्धि फाइनान्सले छ। यो कम्पनी १७ करोड ७६ लाख रुपैयाँ घाटामा रहेको छ।

दोस्रो सर्वाधिक घाटा व्यहोर्नेमा पोखरा फाइनान्स रहेको छ। यो कम्पनीले १४ करोड ७ लाख रुपैयाँ घाटा व्यहोरेको छ।
यसैगरी गुहेश्वरी मर्चेन्टले ११ करोड ९५ लाख रुपैयाँ, जानकीले ८ करोड ४८ लाख रुपैयाँ, प्रोग्रेसिभले ६ करोड ५२ लाख रुपैयाँ, सेन्ट्रलले ६ करोड ३२ लाख रुपैयाँ, रिलायन्सले १७ लाख ९० हजार रुपैयाँ र बेष्ट फाइनानसले ५ लाख ७० हजार रुपैयाँ घाटा व्यहोरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS