IME Life New

फाइनान्स कम्पनीः १२ वटाले नाफा कमाउँदा ५ वटा घाटामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १२ वटा नाफा फाइनान्स कम्पनीले नाफा आर्जन गरेका छन् ५ वटाले घाटा व्यहोरेका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनमा १२ वटा कम्पनीले नाफा आर्जन गर्न सफल भएका हुन्। साउनमा सबैभन्दा बढी नाफा प्रोग्रेसिभ फाइनान्स आर्जन गरेको छ। यो कम्पनीले ८ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको छ।

Esewa
Crest

दोस्रोमा आईसीएफसी फाइनान्स रहेको छ। यो कम्पनीले २ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

सर्वाधिक नाफा कमाउने तेस्रो फाइनान्समा गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स रहेको छ। यो कम्पनीले साउनमा २ करोड ५९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

यसैगरी साउनमा सेन्ट्रल फाइनान्सले १ करोड ७१ लाख रुपैयाँ, मञ्जुश्री फाइनान्सले १ करोड ४५ लाख रुपैयाँ, गुडविल फाइनान्सले १ करोड ३० लाख रुपैयाँ, रिलायन्स फाइनान्सले १ करोड २८ लाख रुपैयाँ र जानकी फाइनान्सले १ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।

त्यस्तै गोर्खाज फाइनान्सले ९८ लाख ७० हजार रुपैयाँ, श्री इन्भेस्टमेन्ट फाइनान्सले ६५ लाख ९० हजार रुपैयाँ, मल्टीपर्पस फाइनान्सले ६४ लाख ५० हजार रुपैयाँ र नेपाल फाइनान्सले १५ लाख ४० हजार रुपैयाँ नाफा कमाएका छन्।

साउनमा सर्वाधिक घाटा व्यहोर्ने कम्पनीमा समृद्धि फाइनान्स रहेको छ। यो कम्पनीले ८ करोड ६९ लाख रुपैयाँ घाटा व्यहोरेको छ।

यसैगरी पोखरा फाइनान्सले २६ लाख २० हजार रुपैयाँ, बेस्ट फाइनान्सले १२ लाख रुपैयाँ, क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले ८ लाख रुपैयाँ र नेपाल शेयर मार्केट एन्ड फाइनान्सले ८ लाख ९० हजार रुपैयाँ घाटा व्यहोरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS