IME Life New

फर्स्ट माइक्रोफाइनान्सको अधिकांश सूचकमा संकुचन, व्यापार पनि खुम्चियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको अधिकांश सूचकमा संकुचन आएको छ। संस्थाले आज जारी गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरणबाट यस्तो देखिएको हो।

वित्तीय विवरणअनुसार संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेको छ भने खुद ब्याज आम्दानी घटेको छ। यसले गर्दाखेरी संस्थाको नाफामा संकुचन आएको छ।

Esewa
Crest

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा संस्थाले ३ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ५ करोड ६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा संस्थाको नाफा ३८.६८ प्रतिशतको संकुचन आएको छ।

संस्थाको खराब कर्जा बढेर ४.४४ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष खराब कर्जा १.९१ प्रतिशत थियो। समीक्षा अवधिमा खुद ब्याज आम्दानी पनि घटेर ६ करोड रुपैयाँमा सीमित बनेको छ। अघिल्लो यही अवधिमा ८ करोड १ लाख रुपैयाँ खुद ब्याज आम्दानी भएको थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा ४ करोड ४४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ७ करोड २४ लाख रुपैयाँ थियो। सञ्चालन मुनाफा ३८.६७ प्रतिशतले घटेको छ।

चुक्तापुँजी १ अर्ब २३ करोड ३८ करोड रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङमा १३ करोड ८० लाख रुपैयाँ र रिजर्भमा ३० करोड १९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङमा ११ करोड ९४ लाख रुपैयाँ र रिजर्भमा २८ करोड ५३ लाख रुपैयाँ रहेको थियो। रिटेन्ड अर्निङ र रिजर्भको आकार भने बढेको छ।

संस्थाले ६ अर्ब ५ करोड रुपैयाँ सापटी लिएर ६ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष संस्थाले ६ अर्ब ९६ करोड रुपैयाँ सापटी लिएर ७ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यापार पनि खुम्चिएको छ।

संस्थाको वितरणयोग्य मुनाफा १३ करोड ४३ लाख रुपैयाँ रहेको छ। संस्थाको प्रथम त्रैमाससम्म १४.४० प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाको लाभांश क्षमता १७.८४ प्रतिशत रहेको थियो।

संस्थाको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर १०.०८ रुपैयाँमा खुम्चिएको छ। अघिल्लो ईपीएस १६.०६ रुपैयाँ थियो। पीई रेसियो ८०.८५ गुणा रहेको संस्थाको प्रतिशेयर नेटवर्थ १३५.३२ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS