IME Life New

प्रोमोकोड ‘फोनपे डाइरेक्ट’ प्रयोग गरेर आइफोन १५ प्रो जित्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक, फोनपेले आफ्नो प्रमुख अभियान “फोन पे डिरेक्ट पैसा पठाऔँ ठाउँ को ठाउँ” को घोषणा गरेको छ। यो अभियानले प्रयोगकर्ताहरूलाई मोबाइल नम्बर, खाता नम्बर, र व्यक्तिगत क्युआर मार्फत अन्तरबैंक रकम ट्रान्सफर सेवा बारे थप प्रोत्साहन गर्ने लक्ष्य राखेको छ। यो अभियानले मोबाइल नम्बरबाट रकम ट्रान्सफर गर्दा तुरुन्त र सुरक्षित हुने र सबै प्रयोगकर्ताहरूलाई सजिलो हुने विश्वास लिइएको हो ।

यो अभियान २ महिनासम्म चल्नेछ भने भदौ ३१ मा समाप्त हुनेछ। यस अभियानको अन्त्यमा दुईजना भाग्यशाली विजेतालाई iPhone 15 Pro दिने मेगा उपहार योजना छ। यो मेगा उपहार जित्ने मौका पाउनका लागि प्रयोगकर्ताहरूले Fonepay Direct बाट पैसा पठाउदा रिमार्क्स सेक्शनमा विशेष प्रोमोकोड “Fonepay Direct”  राख्नुपर्नेछ र अभियान अवधिमा मोबाईल बैँकिङ् एप प्रयोग गरेरFonepay Direct मार्फत कम्तीमा तीन पटक पैसा ट्रान्सफर गर्नु पर्नेछ।

Esewa
Crest

“हामी “फोन पे डिरेक्टस् पैसा पठाऔँ ठाउँ को ठाउँ” विशेष अभियान पुनः ल्याउन पाउँदा उत्साहित छौं, फोनपेका चिफ इसट्राटेजी अफिसर सुबोध शर्माले भने, यो अभियानले नेपाली उपभोक्ताहरूका लागि डिजिटल कारोबारलाई अझ पहुँचयोग्य बनाउने हाम्रो प्रतिबद्धतालाई दर्साएको छ र फोन पे डिरेक्ट लाई तुरुन्त, सुरक्षित र सुविधाजनक रकम ट्रान्सफरको लागि प्रमुख विकल्पको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ। हामीलाई विश्वास छ कि प्रयोगकर्ताहरू हाम्रो सेवाका विशेषताहरूबाट खुशी हुने छन् ।

बैंक परिसरहरुबाटै आक्टिभेसन मार्फत फोनपे डिरेक्टबाट एक बैंकबाट अर्को बैंकमा कसरी पैसा पठाउन सकिन्छ भन्ने कुराको सिकाईलाई ग्राहकहरु माझ थप उजागर गर्ने यस अभियानको मुख्य उद्देश्य हो।

फोनपेले सँधै आफ्नो ग्राहकहरूको वित्तीय कारोबारको सुरक्षालाई प्राथमिकता दिन्छ र उच्च स्तरको एन्क्रिप्शन र प्रमाणीकरण प्रोटोकलहरू समावेश गरेर मोबाइल नम्बर मात्र प्रयोग गरेर सुरक्षित र संरक्षित रकम ट्रान्सफरलाई सुनिश्चित गर्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS