IME Life New

प्रिमियर र सिद्धार्थ इन्स्योरेन्स मर्ज भएर ‘सिद्धार्थ प्रिमियर’ हुने, अन्तिम स्वीकृतिका लागि बोलायो साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी र सिद्धार्थ इन्स्योरेन्स कम्पनी मर्जर भएर ‘सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी’ हुने भएको छ । दुई कम्पनीले डिडिए प्रतिवेदन तयार पारेका छन् । डिडिए प्रतिवेदन अनुसार दुई कम्पनी बराबरी हैसियतमा मर्जर हुने भएका हुन् ।

प्रिमियमरले मर्जरको विशेष प्रस्ताव सहित पुस २९ गते २९ औ वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणसभामा प्रिमियमरले चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर जारी गर्ने विशेष प्रस्ताव पारितका लागि पेश गर्ने भएको छ ।

Esewa
Crest

सभाले प्रिमियर इन्स्योरेन्स कम्पनीमा सिद्धार्थ इन्स्योरेन्स गाभ्ने गाभिने सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ । दुई कम्पनीले गत असार २७ गते मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । सभाले मर्जरकोका क्रममा गरेका सम्पुर्ण सहमतिलाई अनुमोदन गर्ने छ । डिडिए मूल्याङ्कन कर्ता जि.पि. राजबहाक एण्ड को चार्टर्ड एकाउन्टेण्टद्धारा तयार भएको दुबै संस्थाको चल अचल सम्पत्ती तथा दायित्व मूल्याङ्कन प्रतिवेदन तथा सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएका शेयर अनुपात एक बराबर एक स्वीकृत गर्नेछ ।

प्रिमियर र सिद्धार्थ एक आपसमा गाभिए पछि गठन हुने सञ्चालक समितिमा प्रिमयरको तर्फबाट प्रतिनिधि तोक्ने अधिकारी सञ्चालक समिति र मर्जर पछि बन्ने संस्थाको सञ्चालक समितिमा सिद्धार्थबाट चयन भइ आउने सञ्चालकलाई पदस्थापन एवम् अनुमोन गर्ने अधिकारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने छ ।

प्रिमियरको सावधिक सञ्चालक समितिको सदश्यहरुको कार्यकाल जतिसुकै अवधि बाँकी रहेको भए तापनि गाभ्ने गाभिने कार्य सम्पन्न भइ साविक कम्पनीबाट प्रतिनिधित्व रहने गरी नया सञ्चाल समिति गठन भए पश्चात बाँकी कार्यकाल सभा नभएसम्म मात्रै कायम रहने विशेष प्रस्ताव पनि सभाबाट पारित गर्नेछ ।

प्रिमियर इन्स्योरेन्स तथा सिद्धार्थ इन्स्योरेन्स एक आपसमा गाभ्ने गाभिने सम्बन्धी विशेष प्रस्ताव वार्षिध साधारणसभाबाट पारित विशेष प्रस्ताव बोमजिम नियमनकारी नियकाबाट स्वीकृतिको लागि निवेदन गर्ने मर्जर सँग सम्बन्धित प्रचलित कानुन तथाल निर्देशन बमोजिम अपनाउनु पर्ने वा गर्नु पर्ने सम्पुर्ण आवस्यक कार्य एवम् प्रकृयाँ पुरा गरी अन्तिम स्वीकृति लिने र मर्जर सम्बन्धी सम्पुर्ण कार्यहरु गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

प्रिमियरको केन्द्रिय कार्यालय नक्साल नारायणचौर र सिद्धार्थको केन्द्रिय कार्यालय बबरमहलमा यथास्थितिमा रहने गरी एक आपसमा गाभिए पछि आपसी सहमतिमा केन्द्रिय कार्यालयको व्यवस्थापन गर्ने भएका छन् ।

प्रिमियर र सिद्धार्थ एक आपसमा गाभिए पछि संस्थापक र सर्वसाधारण शेयर स्वामित्व प्रतिशत फेरबदल गर्नु पर्ने भएमा संस्थापक शेयर ५१ प्रतिशत र सर्वसाधारण शेयर ४९ प्रतिशत कायम गर्ने भएका छन् ।

प्रिमियरले साधारणसभा प्रयोजनका लागि पुस २२ गते बुक क्लोज गर्ने भएको छ । पुस २१ गतेसम्म कायम शेयरधनीहरुले प्रस्तावित बोनस शेयर पाउनुका साथै साधारणसभामा भाग लिन पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

73%
happy

खुसी

7%
sad

दु :खी

7%
amazed

अचम्मित

0%
excited

उत्साहित

13%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS