IME Life New

प्रिमियममा एफपीओ निष्काशन प्रस्ताव सहित हिमालयन बैंकले डाक्यो एजिएम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन बैंक लिमिटेडले पुस २९ गते, आइतबार ३१औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ९ बजे शुरु हुने जनाएको छ।

सभाले संचालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, गत आर्थिक वर्षको नाफा, नोक्सान, हिसाव नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने जनाएको छ ।

Esewa
Crest

सभाले सर्वसाधारण शेयरधनीको शेयर अनुपात कायम गर्न प्रिमियममा एफपीओ निष्काशन गर्ने, एफपीओको मूल्य निर्धारण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

सभाले लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट ५ जना र सर्वसाधारणको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ बैंकले पुस २० गते एक दिनका लागि बुकक्लोज गर्दैछ। यस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामाभाग लिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS