IME Life New

प्राधिकरणको वेबसाइटले किन झुक्याउँछ, ७ जुनमा नै १७ जुन २०२४ को डेट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा नियामक नेपाल बीमा प्राधिकरणको वेबसाइटमा प्रकाशित सामाग्रीको प्रकाशन वा सार्वजनिक गरिएको मिति थाहा पाउन कठिन हुने भएको छ । प्राधिकरणले वेबसाइटको विभिन्न खण्डमा प्रविष्ट गरेको दस्तावेजहरू राखिएको मिति हेर्दा अधिकांशमा आजको मिति नै देखा पर्ने थालेकाले झुक्किने अवस्था सिर्जना भएको हो।

Esewa
Crest

मानौं १५ मे २०२४ मा प्राधिकरणले कुनै निर्देशिका वेबसाइटमा पहिलो पटक प्रकाशन वा सार्वजनिक गरेको छ। अब कसैले ७ जुन २०२४ मा वेबसाइटमा पहुँच राखेर हेर्दा त्यो फाइल १५ मे २०२४ मा अपलोड भएको जानकारी नदिइ वेबसाइटले ७ जुन २०२४ कै मिति देखाउँछ । यो समाचारमा राखिएको स्क्रिन सटमा ७ जुन २०२४ मै १७ जुन २०२४ मा वेबसाइटमा दस्तावेज अपलोड गरिएको भन्दै अध्यावधिक गरिएको मिति उल्लेख छ।

नियामकको हैसियतले जारी गर्ने नीति, नियम, निर्देशन, परिपत्रहरू कानून सरह मान्य हुन्छ । कानून सरह मान्यता प्राप्त दस्तावेज कुन मितिबाट लागू हुने भन्ने बारे त्यस्तो दस्तावेजमै मिति तोकिएको छ भने सोही मितिबाट र तोकिएको छैन भने जुन मितिमा सार्वजनिक गरिएको हो त्यही मितिबाट लागू हुन्छ।

यहाँ प्राधिकरणले वेबसाइटमा दस्तावेज प्रकाशन गरिएको वास्तविक मिति लुकाएर भ्रमित पार्ने प्रयास गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS