IME Life New

प्राधिकरणकाे शाखा कार्यालय निर्देशिकाले अप्ठेराेमा बीमक, भन्छन्: खर्च धान्न सकिन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । सञ्चालन खर्च भार अनावश्यक बढ्ने भन्दै बीमकले नेपाल बीमा प्राधिकरणले जारी गरेकाे बीमककाे शाखा कार्यालय सम्बन्धि निर्देशिका कार्यान्वयनमा ल्याउन अग्रसरता देखाएका छैनन् । जीवन बीमकहरूकाे छाता संगठन जीवन बीमक संघ नेपाल र निर्जीवन बीमकहरूकाे छाता संगठन नेपाल बीमक संघले निर्देशिकाका केही प्रावधान अव्यवहारिक भएकाे भन्दै संशाेधनका लागी नियामक प्राधिकरण समक्ष अनुराेध गरेका छन् ।

निर्देशन २०७९ काे निर्देशन ७ (क) मा प्रदेश कार्यालयमा कम्तीमा व्यवस्थाकीय तहको प्रमुख र अधिकृत तथा अन्य कर्मचारी सहित कम्तीमा सात जना, शाखा कार्यालयमा अधिकृत तहकाे कर्मचारी प्रमुख र अन्य कर्मचारी समेत पाँच जना, उपशाखाकाे हकमा कम्तीमा तीन जना कर्मचारी र कार्यबाेझ अनुसार थप अधिकृत र कर्मचारी रहने व्यवस्था गर्नुपर्ने प्रावधान छ। निर्देशनमा प्रदेश कार्यालय, शाखा कार्यालय, उपशाखा कार्यालय र एक्सटेन्सन काउन्टर समेत चार तहकाे कार्यालयकाे परिकल्पना गरिएकाे छ।

Esewa
Crest

प्रादेशिक कार्यालयमा प्रबन्धक, शाखा कार्यालयमा अधिकृत तहकाे कर्मचारी नियुक्त गर्नुपर्ने प्रावधान निर्देशिकामा छ। हाल उपशाखामा कार्यालय सहयाेगी सहित बढीमा दुईजना, शाखाहरूमा तीन देखि चारजना र प्रादेशिक कार्यालयमा पाँचजना सम्म कर्मचारी नियुक्त गरिएका छन् ।

प्रादेशिक कार्यालयकाे नेतृत्व अधिकृत तह देखि प्रबन्धक तहसम्मकाे कर्मचारीले गरेपनि अधिकांश बीमकले शाखा कार्यालय प्रमुखमा सहायक (एसिस्टेण्ट) तहका कर्मचारीलाई नै जिम्मेवारी दिएका छन् । निर्देशिकाले जनशक्तिकाे स‌ंख्या मात्र थपिने नभएर माथिल्लाे तहकाे कर्मचारी नियुक्त गर्नुपर्दा तलब सुविधावापतकाे खर्च समेत अनावश्यकरूपमा थपिने भन्दै बीमकले औपचारिकरुपमै प्राधिकरण समक्ष असहमति व्यक्त गरि सकेका छन् ।

निर्देशिकामा दाबी फर्छ्याैटकाे अधिकार समेत प्रादेशिक र शाखा कार्यालय तहमा विकेन्द्रीकरण गर्नुपर्ने प्रावधान छ। बीमककाे स‌ंस्थागत सुशासन निर्देशिकामा एकै व्यक्ति अण्डरराइटिङ र मार्केटिङ प्रमुख हुन नहुने प्रावधान विपरित शाखा सम्बन्धी निर्देशिकामा शाखा प्रबन्धकलाई साना दाबी फर्छ्याैटकाे अधिकार हस्तान्तरण गर्नुपर्ने प्रावधान विराेधाभाषपूर्ण भएकाे भन्दै सच्याउनका लागी बीमकले प्राधिकरण नेतृत्वसमक्ष अनुराेध समेत गरेका छन् ।

प्राधिकरणले १३ असारमा समेत गरी कूल तीन पटक पत्र परिपत्र जारी गर्दै बीमकहरुलाई शाखा कार्यालय सम्बन्धी निर्देशिका पूर्ण कार्यान्वयनमा नल्याए कारवाही गर्ने चेतावनी दिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

22%
sad

दु :खी

0%
amazed

अचम्मित

22%
excited

उत्साहित

22%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS