IME Life New

प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको अन्तरबैंक सेवा शुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंक सँगको सहकार्यमा अन्तरबैंक कार्डलेस विड्रअल सेवा शुरु गरेको छ । यस सेवामा आबद्ध बैंकहरुका ग्राहकहरुले सञ्जालमा रहेका एटिएम मेसिन प्रयोग गरी बिना कार्ड मोबाइल बैंकिङ्ग वा कनेक्टआइपिएसको माध्यमबाट नगद निकाल्न सकिने व्यवस्था थप गरिएको छ । अब दुबै बैंकका ग्राहकहरुले यस सेवाको शुरूवात पश्चात् एउटा बैंकको खाताबाट अर्को बैंकको एटीएम मेसिन प्रयोग गरी समेत बिना कार्ड नगद झिक्न सक्ने भएको छ ।

हालका लागि ग्राहकहरुले एनसीएचएलले सञ्चालन गर्दै आएको रिटेल प्ल्याट्फर्म अन्तर्गत कनेक्टआइपीएसमा रजिष्टर गरी आफ्नो लिङ्क गरिएको प्राइम कमर्सियल बैंक वा सांग्रिला डेभलपमेन्ट बैंकको खाताबाट सो सुविधा प्रयोग गर्न सक्नेछन् ।

Esewa
Crest

ग्राहकले कनेक्टआइपिएस मोबाइल एपमा लग इन गरी कार्डलेस विड्रअल अप्सनमा क्लिक गरी निष्कासन गर्ने बैंक खाता छनौट गर्नुपर्दछ । यस पश्चात् कनेक्टआइपीएसमा रजिष्टर गरिएको मोबाइल नम्बरमा प्राप्त भएको ओटीपी लाई सञ्जालमा उपलब्ध बैंकको नजिकैको एटीएममा उक्त ओटीपीप्रयोग गरी नगद झिक्न सकिनेछ । हाल यो सेवा प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंककोे एटीएममा उपलब्ध रहेको छ भने सो सेवा चरणबद्ध रुपमा थप अन्य सदस्य बैंक वित्तीय संस्थाहरुमा पनि विस्तार गरिने योजना रहेको छ ।

अहिले बैंकका ग्राहकहरुले कार्डलेस विड्रअल सेवा आफ्नै बैंकको एटीएमबाट मात्र गर्न सकिने व्यवस्था रहेकोमा यस नयाँ सुविधाजनक सेवाको शुरूवात पश्चात् ग्राहकहरुले सजिलै अर्काे बैंकको एटीएमबाट समेत बिना कार्ड नगद निकाल्न सक्ने व्यवस्था भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS