IME Life New

प्राइम कमर्सियल बैंकले डाक्यो साधारणसभा, यस्ता छन् ७ एजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम कमर्सियल बैंकले सत्रौँ वार्षिक साधारणसभा मंसिर १९ गते बुधबार आयोजना गर्ने भएको छ । सभा काठमाडौैंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लवमा बिहान ११ बजेदेखि सुरु गर्ने जनाएको छ । बैंकको कात्तिक २७ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात २०८० साउन १ देखि २०८१ असार ३१ गतेसम्मको नाफा नोक्सान हिसाव, सोही अवधिको नगद प्रवाह लगायतका विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नेछ ।

Esewa
Crest

सभाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षण गर्न लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक अनुमोदन गर्नेछ ।

बर्तमान लेखापरीक्षक श्री रन्जिव एण्ड एसोसियट्स, चाटर्ड एकाउन्टेण्टस पूनः नियुक्त हुन पनि योग्य हुने प्रस्ताव पनि सभाले पारित गर्नेछ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ५ प्रतिशत कर सहित नगद लाभांश वितरण गर्न स्वीकृत गर्ने छ ।

सभाले सञ्चालकको भत्ता तथा सुविधामा थप तथा हेरफेर र सो बमोजिम बैंकको नियमावलीमा सामयिक संशोधन गर्नेछ । यस बैंक तथा अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा मर्ज हुने (गाभ्ने/गाभिने ), प्राप्ति गर्ने सन्दर्भमा आवश्यक सम्पूर्ण प्रक्रिया अवलम्वन गरी एक आपसमा मर्ज /प्राप्ति/ एक्विजिशन गर्नका लागि सञ्चालक समितिलाई सम्पूर्ण अख्तियार प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले नियमावलीमा भएको संशोधनमा नियमनकारी निकायहरू (कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड आदि) ले कुनै फेरवदल संशोधन परिमार्जन गर्न वा मिलाउन कुनै सुझाव वा निर्देशन दिएमा सोही अनुरूप आवश्यक समायोजन गर्न बैंकको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका विविध प्रस्ताव अनुमोदन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS