IME Life New

प्रभू बैंकले दोश्रो पटक ल्यायो स्वेच्छिक अवकाश योजना, २० महिनाको तलब प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अधिक जनशक्तिको समस्याबाट गुज्रि रहेको प्रभू बैंकले पुनः स्वेच्छिक अवकाश योजना सार्वजनिक ल्याएको छ। बैंकका अनुसार गत भदाै २७ गतेबाट खुल्ला गरिएको स्वेच्छिक अवकाश योजनामा सहभागि हुन इच्छुक कर्मचारीले असोज ११ गते भित्र आवेदन दिन सक्नेछन्।

यस योजना अन्तर्गत ५ वर्षभन्दा बढी सेवा अवधि पुरा गरेका सहायक प्रबन्धक र सो भन्दा माथिल्लो तहका कर्मचारीका लागि २० महिनाको कुल तलब प्रस्ताव गरिएको छ। यसैगरी ५ वर्षभन्दा कम सेवा अवधि पुरा गरेका सहायक प्रबन्धक वा सोभन्दा माथिल्लो तहका कर्मचारीका लागि १५ महिनाको कुल तलब प्रस्ताव गरिएको छ। बैंकले अवकाश पत्र स्वीकृत भएको १५ दिनभित्रै कर्मचारीको बैंक खातामा अवकाश सुविधावापतको रकम जम्मा गरिदिनेछ ।

Esewa
Crest

यसअघि २०८० साउन महिनामा ल्याइएको स्वेच्छिक अवकाश योजनामा अधिकृत तह र सोभन्दा माथिल्लो तहका कर्मचारीका लागि स्वेच्छिक अवकाश योजना लागू गरिएको थियो । यो योजनामा ५ वर्ष सेवा अवधि पुरा गरेकालाइ २५ महिना र ५ वर्षभन्दा कम तीन वर्षसम्म सेवा अवधि पुरा भएका कर्मचारीका लागि २० महिनाको तलब प्रस्ताव गरिएको थियो । पहिलो चरणको योजनामा व्यवस्थापन तहका १४ जना सहित कुल १४८ जना कर्मचारीले स्वेच्छिक अवकाश रोजेका थिए।

सेन्चुरी कमर्शियल बैंकसँग मर्जरपछि ३ हजार ४८१ कर्मचारी संख्या पुगेको यो बैंकको उच्च व्यवस्थापन तहका लागि अधिक जनशक्ति टाउको दुःखाइको विषय बन्दै आएको छ। सेन्चुरी कर्मशियल बै‌ंकका करिब ९९५ कर्मचारीलाई बै‌ंकले समायोजन गरेको थियो ।

उच्च व्यवस्थापनले कर्मचारी संख्या २ हजार ४ सय हाराहारीमा झार्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

20%
sad

दु :खी

20%
amazed

अचम्मित

60%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS