IME Life New

प्रभु समूहको डिजिटल वालेट ‘प्रभु पे’ सुरु, उपभोक्ताले १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुबिधा पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

 

बिकशित देशहरुमा लोकप्रिय रहेको डिजिटल वालेट प्रभु ग्रुपले पनि सुरु गरेको छ, प्रभु समूहले ‘प्रभु पे’ नामक डिजिटल वालेट बजारमा ल्याएको छ। यस्तो सेवा लिने ग्राहकको १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा हुने कम्पनीले जनाएको छ। साथै एक ग्राहकले अर्को ग्राहकललार्इ यस्तो एप रिफर गरेमा वालेटमा ३० रुपैयाँ व्यालेन्स थपिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
मोबाइल वालेट सुबिधा लिनको लागि प्रभु पे डाउन लोउनलोड गर्नु पर्छ। एप डाउनलोड गरेपछि एपबाट पैसासँग सम्बन्धित सम्पूर्ण कार्यहरु जस्तै कुनै पनि बैंक तथा वित्तीय संस्थाको खाता बाट पैसा ट्रन्सफर गर्न, बिजुली, पानी लगायत अरु बिल भुक्तानी, किनमेलमा पैसा तिर्न, प्रभु टिभी रिचार्ज गर्न, एनसिएचएल डिपोजिट गर्न सकिने छ।

Esewa
Crest

एपबाट युनियन पे र क्युआर कोड स्क्यान मार्फत पैसा तिर्न सकिनेछ। प्रभु ग्रुपले ‘वालेट अब मोबाइलमा’ भन्ने नाराका साथ नौलो र फरक सुविधा ल्याएको ग्रुपका संञ्चालक कुसुम लामाले जानकारी दिइन्।

रेमिटान्सबाट उदाएको प्रभु समुहले बैंक, बीमा, मनि ट्रान्सफर, हेलिकप्टर, प्रभु टिभि, सुचना प्रविधि र व्यवस्थापन सम्वन्धी विभिन्न कम्पनी मार्फत सेवा प्रदान गर्दै आएको छ। पछिल्लो समय प्रभु समूह डिजिटल/विद्युतीय कारोबारमा केन्द्रित हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS