IME Life New

प्रभु बैंकका ग्राहकलाई बुद्ध एयरमा विशेष छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई बुद्ध एयरको सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।

एक समारोहबीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ म्यानेजर मन्जयराज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्ध एयरका तर्फबाट डाइरेक्टर रुपेश जोशी र सिनियर म्यानेजर उद्ववलाल कायस्थले हस्ताक्षर गरेका छन्। यो सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा बुद्व एयरको उपलब्ध सेवामा ८ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।

Esewa
Crest

बुद्व एयरले आफ्ना टिकट बिक्री काउन्टरबाट टिकट खरिद गर्दा उक्त छुटको व्यवस्था गरेको हो । २०५३ साल वैशाख ११ गते स्वीकृति प्राप्त गरी २०५४ असोज २५ गतेबाट उडान सुरु गरेको बुद्ध एयरले हाल आएर आन्तरिक उडानका साथ–साथै भारतको बनारससम्म पनि आफ्नो सेवा विस्तार गरेको छ ।

हालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालय, २८६ एटीएमका साथै ६९ एक्सटेन्सन काउन्टरमार्पmत करिब ३१ लाखभन्दा बढी ग्राहकलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ। प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ। यसका साथै लन्डनस्थित दिफाइनान्सियल टाइम्सले बैंक अफ दि इयर–२०२३ बाट सम्मानित प्रभु बैँक, छोटो समयको अन्तरालमै फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS