IME Life New

प्रथम त्रैमासमा सर्वाधिक नाफा कमाउने वाणिज्य बैंकमा नबिल अग्रस्थानमा, वृद्धिदरमा सिद्धार्थ अगाडि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)सम्म वाणिज्य बैंकहरुले करिब सवा १६ अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन्।

बैंकहरुले आज सार्वजनिक गरेको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार २० वटा वाणिज्य बैंकहरुले १६ अर्ब १८ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन्। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.३२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यी वाणिज्य बैंकहरुले १३ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए।

Esewa
Crest

वित्तीय विवरणअनुसार १३ वटा वाणिज्य बैंकको नाफा बढेको छ भने ७ वटाको नाफा घटेको छ। यो अवधिमा सिद्धार्थ बैंक नाफा वृद्धिदर सर्वाधिक रहेको छ भने सर्वाधिक नाफा एनआईसी एसिया बैंकको घटेको छ। सिद्धार्थ बैंकको नाफा ७९१.४३ प्रतिशतले बढेको छ भने एनआईसी एसिया बैंकको नाफामा ८९.०६ प्रतिशतको संकुचन आएको छ।

प्रथम त्रैमास सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ। यो बैंकले ३ महिनामा २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.९७ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा नबिलले १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

दोस्रो धेरै नाफा आर्जन गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ। ग्लोबल आइएमईले १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो बैंकको नाफा अघिल्लो वर्षको तुलनामा २३.३६ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष बैंकले १ अर्ब २२ कोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

धेरै नाफा कमाउने तेस्रो बैंकमा नेपाल इन्भेस्टमेन्ट मेगा रहेको छ। यो बैंकले १ अर्ब ४६ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३.८३ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले १ अर्ब ५२ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

प्रथम त्रैमासको सबैभन्दा कम नाफा आर्जन गर्नेमा एनआईसी एसिया बैंक रहेको छ। यो बैंकले ११ करोड ५ लाख रुपैयाँमात्रै नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८९.०६ प्रतिशतले कम हो। अघिल्लो वर्ष बैंकले १ अर्ब १ करोड ३ लाख रुपैयाँ नाफ आर्जन गरेको थियो।

यसैगरी राष्ट्रिय वाणिज्य बैंकको नाफामा पनि ८२.४० प्रतिशतको संकुचन आएको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले ८५ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा घटेर १५ करोड १३ लाख रुपैयाँमा सीमित बनेको छ।

नाफा वृद्धिदरका हिसाबले अग्रस्थानमा रहेको सिद्धार्थ बैंकले ३८ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ७९१.४३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले ४ करोड २८ लाख रुपैयाँमात्रै नाफा आर्जन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS