IME Life New

पोल्ट्री फार्मको बीमाका लागि प्राधिकरणले लागू गर्‍यो शुत्र, बीमितलाई फाइदा हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले कुखुरा, हाँस, कालीज लगायतका प‌ंक्षीको बीमा‌ङ्क निर्धारणमा वैज्ञानिक विधि प्रयोगमा ल्याएको छ। यसअघि बीमाङ्क रकम निर्धारण गर्दा चल्लाको खरिद र उत्पादन लागतका आधारमा हुँदै आएकोमा अहिले यी दुबैको सम्मिश्रणबाट बीमा‌ंक रकम निर्धारण विधि प्राधिकरणले सार्वजनिक गरेको छ।

प्राधिकरणले पौष १६ गतेदेखि प्रचलनमा ल्याउने तयारी गरेको प‌ंक्षी बीमामा प्राधिकरणले बीमाङ्क रकम निर्धारणका लागि शुत्र (फर्मुला) नै तय गरिदिएको छ। यसअघि २०७९ साउन १ गतेदेखि लागू गरिएको “कृषि,पशुपंक्षी तथा जडीबुटी बीमा निर्देशिका २०७९” को प्रावधान अन्तर्गत कृषी प्राविधिकले दिएको प्रतिवेदनका आधारमा, बीमितले पेश गरेको बीजकको आधारमा वा बजार मूल्यका आधारमा बीमाङ्क रकम निर्धारण गर्दै आएको थियो । यसअघि बीमित र बीमकको सहमतिमा प‌ंक्षी बीमालेख अन्तर्गत  बीमा‌ङ्क रकम निर्धारण हुँदै आएकोमा ”प‌ंक्षी बीमालेख २०८०” लागू भएपछि पौष १६ गतेदेखि प्राधिकरणले तयार पारेको बीमाङ्क निर्धारण विधि मार्फत् मात्र बीमाङ्क रकम निर्धारण गर्न सकिनेछ।

Esewa
Crest

बीमाङ्क रकम गणना गर्दा प्रतिकेजी दानाको मूल्य र चल्लाको खरिद मूल्यसँगै निर्धारित गुणाङ्कको समेत प्रयोग गरिएको छ। दानाको मूल्यका लागि स्थानीय बजारको वास्तविक मूल्य र चल्लाको मूल्यका लागि एक दिनको चल्लाको स्थानीय वास्तविक मूल्यलाई आधार मानेर गणना गरिनेछ। ब्रोइलर कुखुराका लागि गुणाङ्क ४.७५ र लेयर्स, ग्राण्ड प्यारेण्ट, हाँस टर्की लौकाट, स्थानीय कुखुरा तथा अन्य घरायसी प्रयोजनका लागि पालिएका प‌ंक्षीको हकमा गुणाङ्क १०.२ निर्धारण गरिएको छ।

बीमाशुल्क निर्धारणः

ब्रोइलरको हकमा बीमाङ्क रकमको १‍.२५(सवा एक) प्रतिशत, लेयर्स, ग्राण्ड प्यारेण्ट, हाँस टर्की लौकाट, स्थानीय कुखुरा तथा अन्य घरायसी प्रयोजनका लागि पालिएका प‌ंक्षीको हकमा बीमाङ्क रकमको ५ प्रतिशत रकम बीमाशुल्क भुक्तानी गर्नुपर्नेछ । यसैगरी बीमाशुल्कवापतको रकममा सरकारले उपलब्ध गराउने अनुदान रकम कट्टापछि आउने अ‌ंकवापतको रकम मात्र बीमित किसानले भुक्तानी गर्नुपर्नेछ। सबैखाले कृषी बीमा अन्तर्गत २ लाख रुपैयाँ बीमा‌ङ्कको किसान दुर्घटना बीमा अनिवार्य गरिएकाले यसवापत किसानले थप पाँच सय रुपैयाँ बीमाशुल्क भुक्तानी गर्नुपर्नेछ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS