IME Life New

पैसा तिरेर बैंकमा पैसा जम्मा गर्थे यो देशका जनता, डेढ दशकपछि फेरियो व्यवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हामीले बैंकमा पैसा राख्यौँ भने ब्याज पाउँछौँ। तर, संसारमा एउटा यस्तो देश पनि छ, जहाँका मानिसले पैसा तिरेर बैंकमा पैसा जम्मा गर्दै आएका थिए। हामी जापानको कुरा गर्दैछौँ। अहिले जापानको यो व्यवस्थामा परिवर्तन भएको छ।

विश्वको चौथो ठूलो अर्थतन्त्र जापानमा १७ वर्षमा पहिलोपटक ब्याजदर बढाइएको छ। बैंक अफ जापानले ब्याजदर ०.१ प्रतिशत ऋणात्मकबाट बढाएर ०.१ प्रतिशत पुर्याएको छ। सन् २०१६ मा जापानले देशको स्थिर अर्थतन्त्रलाई पुनरुत्थान गर्न ब्याजदर शून्यभन्दा तल ल्याएको थियो। जापान विश्वमा ऋणात्मक ब्याजदर भएको एकमात्र देश हो।

Esewa
Crest

अहिले विश्वको कुनै पनि देशमा ब्याजदर ऋणात्मक छैन। ऋणात्मक दर भनेको बैंकहरुमा पैसा जम्मा गर्न मानिसले नै पैसा तिर्नुपर्छ। धेरै देशले उपभोग बढाउन नकारात्मक ब्याजदर राख्दछन्। जसका कारण सर्वसाधारणले पैसा बैंकमा जम्मा गर्नुको साटो खर्च गर्छन्।

बैंक अफ जापानले यिल्ड कन्ट्रोल कर्भको नीति पनि त्यागेको छ। यसअन्तर्गत बैंक अफ जापानले ब्याजदरलाई नियन्त्रणमा राख्न जापानी सरकारी ऋणपत्र खरिद गर्थ्यो। यो नीति सन् २०१६ देखि लागू भएको थियो। तर, त्यसको निकै आलोचना भइरहेको थियो। यसबाट ब्याजदर बढ्नबाट रोकिएको आरोप लागेको थियो।

जापानमा धेरै वर्षदेखि तलब वृद्धि भएको छैन। तर, यो महिना जापानका ठूला कम्पनीहरुले तलबमा ५.२८ प्रतिशत वृद्धि गर्न सहमत भएका छन्। यो तीन दशकभन्दायताकै सबैभन्दा ठूलो वृद्धि हो। जापानको केन्द्रीय बैंकले पनि अहिले ब्याजदरमा थप वृद्धि नहुने संकेत गरेको छ।

संशोधित तथ्यांकअनुसार सन् २०२३ को अन्तिम तीन महिनामा जापानको जीडीपी ०.४ प्रतिशतको तीव्र दरमा बढेको छ। विश्वभरका केन्द्रीय बैंकहरुले महामारीको समयमा ब्याजदर कटौती गरेका थिए। यस अवधिमा धेरै देशमा ब्याजदर ऋणात्मक भएको थियो। यसमा स्विट्जरल्याण्ड र डेनमार्कका साथै युरोपेली केन्द्रीय बैंक समावेश छन्। महँगी नियन्त्रण गर्न विश्वका धेरै देशले ब्याजदर बढाएका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS