IME Life New

‘पैसा किन तिर्ने ब्राे, जब आइएमई पे मा पाइन्छ सित्तैमा अल्ट्रा प्राे’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । डिजिटल भुक्तानी सेवा प्रदायकले सशुल्क ग्राहक याेजना ल्याएकाे बेला आइएमई पे डिजिटल वालेटमा सित्तैमा आकर्षक छुट सहितकाे सुविधा उपलब्ध गराई रहेकाे छ।

आइएमई पे ले डिजिटल भुक्तानी सेवा प्रयाेगकर्ता ग्राहकलाई निःशुल्क भुक्तानी सेवा सहित आकर्षक छुटबारे जानकारी दिनका लागि ‘प्राे का लागी पैसा किन तिर्ने ब्राे’ भन्दै सुपर अल्ट्रा प्राे म्याक्स सुविधा सबैलाई विज्ञापन सार्वजनिक गरेकाे छ। चल्तीकाे भुक्तानी सेवा प्रदायकले प्राे र क्लब ग्राहक सदस्यता भन्दै नियमित सेवाका लागी ६ सय रुपैयाँसम्म शुल्क ताेकेर ग्राहक याेजना ल्याए पछि आइएमई पे ले याे विज्ञापन सार्वजनिक गरेकाे हाे।

Esewa
Crest

विज्ञापनमा माेबाइलमा ब्यालेन्स हाल्दा ५ प्रतिशत क्यास ब्याक, निःशुल्क पैसा पठाउने सुविधा, दाेब्बर प्वाइन्ट्स, हवाई टिकटकाे खरिदमा २५० रुपैयाँ क्यास ब्याक, आइएमई पे एप्स डाउनलाेड गर्न सिफारिश गर्दा सिफारिश गर्ने र डाउन लाेड गर्ने दुबैलाई २५ रुपैयाँ ब्यालेन्स सुविधा उपलब्ध गराइएकाे सूचना छ। साथै वालेटमा जम्मा रहेकाे रकममा बै‌ंक बचत खातामा जस्तै ६ प्रतिशत ब्याज समेत उपलब्ध गराइने जानकारी गराएकाे छ। ईसेवा, खल्ती लगायतका अन्य डिजिटल भुक्तानी सेवा प्रदायकले वालेट खातामा जम्मा भएकाे रकमवापत एक सुकाे पनि ब्याज दिंदैनन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

20%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS