IME Life New

पैसाका लागि अब फैलाउनु पर्दैन हात, नबिल बैंकको ‘इन्स्ट्यान्ट गोल्ड लोन’ले दिनेछ साथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोनाकालमा नेपालमा पुँजीबजारलगायत केही क्षेत्र चले पनि अन्य व्यापार–व्यवसाय ठप्पजस्तै भयो। साना व्यवसायदेखि ठूला उद्योगीसमेत कोरोना महामारीबाट प्रभावित भए। कोरोना महामारीपछि पनि नेपालको अर्थतन्त्र खासै सुधार देखिएको छैन। अहिले पनि उद्योग–व्यवसाय राम्ररी चलेको देखिँदैन। साना पसल पनि अहिलेको तरल आर्थिक अवस्थामा निकै प्रभावित भएको देखिन्छ।

यस्तै परिस्थितिबाट गुज्रिएका तिनै साना व्यवसायीहरुको उदाहरण पात्र हुन्, अजयकुमार जैसवाल । रौतहटको गौर पुर्ख्यौली थलो भएका जैसवाल विगत दुई दशकदेखि धरानमा कस्मेटिक व्यवसाय गर्दै आइरहेका छन्। हाल जैसवाल परिवारको स्थायी बसोबास नै धरानमा रहेको छ।

Esewa
Crest

कोरोनाकाल अघिसम्म जैसवालको कस्मेटिक व्यवसाय राम्रै चलेको थियो। तर, कोरोनासँग लकडाउनको स्थिति आएपछि सबै डामाडोल भयो। लगभग एक–डेढ वर्ष जैसवाललाई निकै गाह्रो पनि भयो।

विस्तारै कोरोनाको प्रभाव घट्दै जाँदा जैसवाल पनि पुनः आफ्नो व्यवसायमा फर्किए। तर, लामो समयदेखि व्यापार गर्न नपाएकाले उनलाई पसलमा सामान थप्न गाह्रो भयो। ‘चाड–पर्वको सिजन पनि सुरु हुन लागेको थियो तर सामान थप्न पैसा थिएन’, जैसवालले भने, ‘साथीभाइ र आफन्तसँग ऋण माग्यो व्यवसायको हालत देखेर मुख फर्काउँथे। मलाई निकै अप्ठ्यारो पर्यो।’

सुन धितो राखेर आकर्षक ब्याजदरमा ऋण पाउने जानकारी पाएपछि जैसवालले ठूलो राहातको सास फेरे। अनि घरमा गएर श्रीमतीसँग सल्लाह गरी गरगहना ल्याएर नबिल बैंकमा धितो राखी कर्जा निकाले। ‘त्यतिबेला सामान थप्न चाहिएको पैसा सुन राखेर निकालेँ, ठूलो सहयोग भयो’, उनले भने, ‘सुनका गरगहना जोडेर राखेको पनि निकै काम लागेको छ। त्यही सुनले आज मलाई गुन लगाएको छ।’

जैसवालले व्यवसाय अगाडि बढाउन नबिल बैंकबाट १–२ पटक सुन राखेर ऋण निकालेका छन्। ‘व्यापार गर्दा आइपर्ने आर्थिक समस्या तत्काल समाधान गर्न नबिल बैंकको ‘इन्स्ट्यान्ट गोल्ड लोन’ले धेरै सहयोग गरेको छ’, उनले भने, ‘अहिले त १ घन्टाभित्रै सुन धितोपत्र राखेर ऋण निकाल्न पाइन्छ। प्रक्रिया पनि झन्झटिलो छैन, ब्याज पनि सस्तै छ। त्यसैले नबिलको सुन धितो कर्जाले मेरो व्यापार झनै सुनौलो भएको छ।’

पछिल्लोपटक आफूले नबिल बैंकबाट लिएको सुन कर्जा नवीकरण गरेको जैसवाल सुनाए। ‘मेरो बैंक खाता नबिल बैंकमा छ, त्यही भएर सुन राखेर ऋण लिन सजिलो छ’, उनले भने, ‘नबिलको सुन धितो कर्जाले मलाई धेरै सहयोग गरेको छ, आवश्यक परेको बेला कसैको अगाडि हात फैलाउनुपर्ने अवस्था आएको छैन।’

आफूले चिनेका साथीभाइलाई पनि आपत परेको बेला नबिल बैंकमा सुन धितो राखेर कर्जा लिन पठाएको जैसवालको भनाइ छ। ‘नबिलको यो योजना निकै लाभदायक छ’, उनले भने।

यसैगरी धरानकै क्षीतिज श्रेष्ठ पनि नबिल बैंकबाट झन्झटरहित तरिकाले सुन धितो राखेर कर्जा लिन पाएकोमा खुसी छन्। धरानको बरगाछीमा श्रेष्ठको व्यवसाय छ। ‘पसलमा सामान थप्न मलाई केही पैसा चाहिएको थियो, तत्कालै अन्य ठाउँमा पैसा झिक्न सक्ने अवस्था थिएन’, उनले भने, ‘तर, नबिलले सुन धितो राखेर एक दिनभित्रै ऋण दियो। अन्ततिर धाउनु नपरेपछि मलाई निकै सहयोग पुग्यो।’

अन्य बैंकको तुलनामा नबिलमा सुन धितो कर्जाको ब्याजदर सस्तै रहेको श्रेष्ठ बताउँछन्। ‘ब्याजदर पनि सस्तै भएकोले कर्जा लिन म नबिल बैंक पुगेको हुँ’, उनले भने।

एकदम अर्जेट परेकाहरुलाई नबिल बैंकको इन्स्ट्यान्ट गोल्ड लोन स्किम एकदमै लाभदाय रहेको श्रेष्ठ बताउँछन्। ‘अत्यावश्यक कामका लागि थोरै–थोरै पैसा चाहिनेहरुका लागि अरुतिर धाउनुभन्दा नबिलबाटै कर्जा लिँदा राम्रै हुन्छ’, उनले भने।

के हो नबिल इन्स्ट्यान्ट गोल्ड लोन ?

नबिल बैंकले इन्स्ट्यान्ट गोल्ड लोन प्रडक्ट विगत ५–६ महिना अघिदेखि सञ्चालनमा ल्याएको हो। कम समयमै झन्झटरहित तरिकाले ऋण पाइने भएकोले नबिलको यो योजना ग्राहकमाझ निकै लोकप्रिय रहेको छ। यो ऋण लिन ग्राहकले ०.७५ प्रतिशत सेवाशुल्क तिरे पुग्छ। यसमा बैंकले इन्स्योरेन्स चार्जमा भने कुनै पनि शुल्क लिँदैन।

यो योजनाअन्तर्गत ग्राहकले सुन धितो राखेर १० लाख रुपैयाँसम्म कर्जा लिन पाउँछन्। कर्जा अवधि ३ महिनादेखि १ वर्षसम्मको रहेको छ। ग्राहकले चाहेको बेला पैसा तिरेर आफूले राखेको सुन लैजान पाउँछन् भने नवीकरणको पनि सुविधा रहेको छ। नबिल बैंकले आकर्षक ब्याजदरमा ग्राहकलाई सुन धिर्ता कर्जा प्रवाह गर्दै आएको छ।

नबिल बैंकले यस योजनाअन्तर्गत सुन धितो राखेर मूल्यांकनको ६० प्रतिशतसम्म ऋण उपलब्ध गराउँदै आएको छ। विशेष आकास्मिक आवश्यकता, स्वास्थ्य र शिक्षामा आइपर्ने आर्थिक समस्या टार्न ग्राहकले सुन धितो राखेर कर्जा लिने गरेका छन्। आफ्नो व्यापार–व्यवसाय बढाउन पनि ग्राहकले सुन धितो राखेर कर्जा लैजाने गरेको नबिल बैंकले जनाएको छ। नबिल बैंकमै खाता रहेको अवस्थामा यो कर्जा लिन अझै सहज रहेको छ।

यो सेवा हाल बैंकले काठमाडौं उपत्यकाभित्रका कालिमाटी, सूर्यविनायक र कुमारीपाटी तथा उपत्यकाबाहिर धरान (महेन्द्रपथ), बुटवल (चौराह), नेपालगन्ज (भानुभक्तचोक), फिदिम र चिप्लेढुंगा शाखासहित देशका विभिन्न ८ शाखाबाट प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS