IME Life New

पेट्रोल र डिजेलको भाउ बढ्यो, पेट्रोल प्रतिलिटर २ र डिजेलमा ९ रुपैयाँले बृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँले बढेको छ । त्यस्तै डिजेल र मट्टिलेको भाउ पनि ९ रुपैयाँले बढेको छ । नेपाल आयल निगमका अनुसार सोमबार राति १२ बजेदेखि पेट्रोलको मूल्य प्रतिलिटर १८१, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १९० पुगेको छ ।

नोक्सानी थेग्नै नसक्ने भएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्रीमा कोटा तोक्न सुझाव दिएको छ। निगमले सोमबार प्रधानमन्त्री, उद्योग वाणिज्य मन्त्रालय र गृहमन्त्रालयलाई पेट्रोलियम पदार्थको खपत घटाउन बिक्रीमा कोटा तोक्न सुझाव दिएको हो ।

Esewa
Crest

निगमले मोटरसाइकल र स्कुटरलाई एक पटकमा पाँच लिटर र कार/जीप लगायत साना सवारी साधनलाई २० लिटर मात्रै इन्धन दिन प्रस्ताव गरेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासिएपछि निगमको मासिक नोक्सानीनै १० अर्ब माथि पुगेपछि खपत घटाउने विकल्प निगमले अघि सारेको हो। स्रोतका अनुसार सरकारी योजना अनुसारनै निगमले यो प्रस्ताव अघि सारेको हो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS