IME Life New

पूर्व स्वीकृती नलिई डिजिटल माध्यमबाट बीमालेख बेच्दै नबेच्नु: बीमा प्राधिकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । नेपाल बीमा प्राधिकरणले पूर्व स्वीकृती बिना डिजिटल प्लाटफर्म मार्फत् बीमालेख बिक्री नगर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएकाे छ। डिजिटल  बीमालेखसँगै साइबर सुरक्षाका विभिन्न विषयहरु समेतसँगै जाेडिएर आउने भएकाले प्राधिकरणले यस सम्बन्धमा गम्भीर हुनका लागी बीमकलाई सचेत गराएकाे हाे ।

प्राधिकरणले बुधबार इजाजत प्राप्त सबै बीमकलाई परिपत्र जारी गर्दै डिजिटल प्लाटफर्म मार्फत् विभिन्न प्रकारका बीमालेख जारी भइरहेकाे विषयमा प्राधिकरणकाे ध्यानाकर्षण भएकाे जनाउँदै स्वीकृती लिएर मात्र डिजिटल प्लाटफर्ममार्फत् बीमालेख बिक्री गर्न निर्देशन दिएकाे हाे ।

Esewa
Crest

प्राधिकरणकाे उपनिर्देशक राम काेजुले डिजिटल बीमालेख बिक्री गर्नुमात्र नभएर थुप्रै स‌ंवेदनशील पक्षहरू समेत जाेडिने भएकाले पूर्व स्वीकृति लिएर मात्र जारी गर्न निर्देशन दिइएकाे बताए ।

विद्युतीय माध्यमबाट बीमालेख बिक्री गर्दा भेद्यता मूल्या‌ंकन तथा पहुँच परिक्षण(भिएपिटी), सूचना प्रविधि परिक्षण(आइएएस), सेवा प्रदायक परिक्षणलगायतका सुरक्षा संवेदनशीलता सुनिश्चित गर्नुपर्ने भएकाले बीमकले सेवा प्रारम्भ गर्नु अघि प्राधिकरणबाट इजाजत लिएर मात्र गर्न निर्देशन दिइएकाे प्राधिकरणले जानकारी दिएकाे छ।

डिजिटल बीमालेख बिक्रीकाे अर्थ अभाैतिकरुपमा बीमालेख जारी गर्नुमात्र नभएर बीमालेखकाे आवेदन प्राप्त गर्ने, जाेखिमांकन गर्ने, बीमाशुल्क निर्धारण गर्ने, विद्युतीय माध्यमबाट बीमाशुल्क भुक्तानी भएपछि बीमालेख जारी गर्ने, जारी गरिएकाे बीमालेखकाे अभिलेख सुरक्षित राख्ने, बीमितकाे महत्वपूर्ण र संवेदनशील जानकारीहरूकाे गाेपनियता र सुरक्षा सुनिश्चित गर्ने र बीमा दाबी सम्बन्धी सेवा समेत डिजिटल माध्यममार्फत् प्रवाह गर्ने लगायतका प्राविधिक पक्षहरूकाे सुनिश्चितता बिना डिजिटल बीमालेख सेवा सञ्चालनमा ल्याउन प्राधिकरणले राेक लगाउने भएकाे हाे ।

डिजिटल माध्यमबाट बीमितले बीमककाे वेबसाइट वा एप्समार्फत् नै बीमालेखका लागी आवेदन फारम भर्ने, बीमकले प्रस्ताव मूल्यांकन गर्ने, बीमाशुल्क निर्धारण गर्ने, विद्युतीय माध्यमबाट बीमितले बीमाशुल्क भुक्तानी गर्ने र बीमाशुल्क भुक्तानी भएलगत्तै बीमितले बीमालेखकाे विद्युतीय संस्करण इमेल वा एप्समार्फत् प्राप्त गर्ने सुविधा हुन्छ।

प्राधिकरणले पहिलाे पटक २०७८ पुष ७ गते परिपत्र जारी गर्दै बीमा कम्पनीका लागी अभाैतिक बीमालेख जारी गर्ने बाटाे खुल्ला गरिदिएकाे थियाे । प्रारम्भमा प्राधिकरणले कागजी बीमालेखकाे मात्र परिकल्पना गरेकाे प्राधिकरणले अभाैतिक बीमालेख समेत बिक्री हुने क्रम बढेपछि बीमालेखमा अनिवार्य हुलाक टिकट टाँस्नुपर्ने व्यवस्थामा स‌ंशाेधन गर्दै अभाैतिक बीमालेख जारी गर्दा हुलाक टिकट बराबरकाे रकम सरकारी राजश्व खातामा जम्मा गरिदिए पुग्ने प्रावधान ल्याएर सहजीकरण गरिदिएकाे थियाे । प्राधिकरणले हुलाक टिकट टाँस्नुपर्ने प्रावधान खुकुलाे बनाए लगत्तै जीवन बीमक सिटिजन लाइफ इन्स्याेरेन्सले डिजिटल प्लाटफर्ममार्फत् जीवन बीमा बीमालेख बिक्रीकाे औपचारिक घाेषणा गरेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

67%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS