IME Life New

पुनर्बीमा कम्पनीले २८ राष्ट्रबाट भित्रायो ३५ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी नेपालमात्रै सीमित नरहेर विश्वका २८ देशमा आफ्नो कारोबार सञ्जाल विस्तार गर्न सफल भएको छ । करिब साढे चार वर्ष पहिले स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीले २०७५।७६ को असार मसान्तसम्ममा ३५ करोड ७६ लाख ९४ हजार रुपैयाँ बराबरको बिदेशी मुद्रा भित्र्याउन सफल भएको छ । नेपाल पुर्नबीमा कम्पनीले २८ वटा देशहरुबाट ७०७ पोलिसीमार्फत ३५ करोड रुपैयाँको प्रिमियम रकम नेपाल भित्रयाउन सफल भएको हो।

असार मसान्तसम्ममा विश्वका २८ देशबाट रकम नेपाल भित्राउने क्रममा सबैभन्दा बढी पोलिसी बंगलादेशमा बिक्री भएको छ । बंगलादेशबाट २५१ पोलिसीमार्फत चार करोड ६९ लाख ९२ हजार रुपैयाँ प्रिमियम रकम नेपाल भित्रिएको छ । तर कारोबारको आधारमा हेर्ने हो भने नेपालको छिमेक मुलुक भारतबाट ४४ वटा पोलिसी भित्रिए पनि कारोबार उच्च देखिएको छ । भारतबाट असार मसान्तसम्ममा २० करोड ४७ लाख २० हजार रुपैयाँ नेपाल भित्रिएको छ ।

Esewa
Crest

गत बर्ष सबैभन्दा बढी प्रिमियम रकम भारतबाट भित्रिएको हो । कूल ३५ करोड विदेशिक प्रिमियम आर्जन गर्न सफल भएको झण्डै ६० प्रतिशत अन्तर्राष्ट्रिय बजार हिस्सा भारतमा रहेको छ ।भारत छिमेकि मुलुक र बीमा क्षेत्रमा उदयमान रहेको देश भएको कारण अन्य देशहरुसँग सहकार्य गर्न क्रममा पनि भारतको सहकार्यले थप मजबुत बनाएको पुर्नबीमा कम्पनीका अधिकारीहरु बताउँछन् ।

सो कम्पनीले भेनेजुयुलाबाट एक करोड ७७ करोड, युएईबाट एक करोड ६९ लाख रुपैयाँ, फिलिपिन्स १ करोड ७० लाख रुपैयाँ, भियतनामबाट १ करोड ७ लाख रुपैयाँ, यमनबाट ८ लाख २४ हजार रुपैयाँ, माल्भिसबाट ६६ लाख ३ हजार रुपैयाँ, कुवेतबाट ६१ लाख ७३ हजार रुपैयाँ, भुटानबाट ४२ लाख ४८ हजार रुपैयाँ, बहराइनबाट ३६ लाख २३ हजार रुपैयाँ, नाइजेरियाबाट २८ लाख ५३ हजार रुपैयाँ, पपुवा न्यूगिनीयाबाट १९ लाख ७२ हजार रुपैयाँ, कतारबाट १९ लाख ५० हजार रुपैयाँ, कम्बोडियाबाट १२ लाख ४९ हजार रुपैयाँ र घानाबाट १० लाख ४९ हजार रुपैयाँ प्रिमियम बापत विदेशी मुद्रा नेपाल भित्रिएको छ ।

त्यस्तै तुर्मिकिस्तानबाट सात लाख ६९ हजार, प्यालेस्टाइनबाट ६ लाख ६७ हजार रुपैयाँ, पाकिस्तानबाट ६ लाख ३१ हजार रुपैयाँ, ट्रकीबाट ६ लाख ३ हजार रुपैयाँ, गिनीयाबाट ५ लाख १२ हजार रुपैयाँ, म्यानमारबाट ४ लाख ७० हजार रुपैयाँ, इभरीकोस्टबाट ४ लाख ७ हजार रुपैयाँ, ओमानबाट ३ लाख ७२ हजार रुपैयाँ, साउदीबाट २ लाख ४७ हजार रुपैयाँ, क्यामरुनबाट १ लाख ९१ हजार रुपैयाँ, मंगोलियाबाट १ लाख ५४ हजार रुपैयाँ र सबैभन्दा कम प्रिमियम मौरिसस्टबाट ५ लाख ५५ हजार ६ सय ८ रुपैयाँ नेपाल भित्रिएको छ ।

स्रोत : नेपाल पुनर्बीमा कम्पनी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS