IME Life New

पुनर्बीमा कम्पनीको पूँजी घटाउने मुद्दा बाणिज्य इजलासमा, पुस २० मा सुनुवाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले जारी पुँजी घटाउने प्रक्रिया अघि बढाएको छ । नेपाल पुनर्बीमा कम्पनीको बिधानमा उल्लेख रहेको १५ अर्बको जारी पूँजीबाट ५ अर्ब घटाएर १० अर्ब रुपैयाँँ कायम गर्ने सम्बन्धी प्रस्ताव अघि बढाएको हो ।

प्रक्रिया पूरा भएपछि जारी पुँजी १० अर्ब कायम हुनेछ । चुक्ता पूँजी आठ अर्ब ४० करोड भई आईपिओ निष्काशनको प्रक्रिया समेत सुरु गरिसकेको पुनर्बीमा कम्पनीको सोही कारण आईपिओ प्रक्रिया समेत रोकिएको छ । नयाँ व्यवस्था अनुसार कम्पनीले एक अर्ब ६० करोड मात्रै पुँजी थप गर्न सक्नेछ ।

Esewa
Crest

कम्पनीको यसअघि सम्पन्न साधारणसभाबाट संसोधन गरेको अधिकृत, जारी चुक्ता पूँजी घटाउने सम्बन्धी प्रस्ताव अनुमोदन गर्न अदालती प्रकृया सम्पन्न गनुपर्ने भएकाले तोस्रो सूचना प्रकाशन गर्दै कुनै गुनासो भए बाणिज्य इजलास वा कम्पनीमा सम्पर्क राख्न भनेको छ । अदालतले पूँजी घटाउने विषयमा पुस २० गते सुनुवाई तय भएको नेपाल पुनर्बीमा कम्पनीका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत दामेदर भण्डारीले इन्स्यारेन्सखबरलाई जानकारी दिए।

२०७५ पुस १३ गते सम्पन्न विशेष साधारण सभाबाट अधिकृत पूँजी १५ अर्ब जारी पूँजी १० अर्ब कायम गर्नेगरि प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने प्रस्ताव अनुमोदन गरेको थियो । कम्पनीले जारी पूँजी १५ अर्बबाट १० अर्ब रुपैयाँमा घटाएकाले सो को स्वीकृतिका लागि अदालती प्रकृया पूरा गनुपर्ने भएपछि आईपीओ निष्काशन प्रकृया समेत लम्बिएको छ।

कम्पनी ऐन २०६३ को दफा ५८ (२) बमोजिम जारी पूँजी घटाउने तयारी थालेको कम्पनीका कानुन अधिकृत नम्रता ढुङगानाले इन्स्योरेन्सखबरलनई जानकारी दिईन् । कम्पनी ऐनको दफा ५७ र ५८ मा भएको व्यवस्था अनुसार पूँजी घटाउने विशेष प्रस्ताव पारित गरेमा सोको स्वीकृतिको लागि अदालत समक्ष निवेदन पेश गनुपर्ने व्यवस्था रहेको छ । सोही बमोजिम कम्पनीले पाटन उच्च अदालतको बाणिज्य इजलासमा निवेदन दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS