IME Life New

पुँजी बजारलाई व्यवस्थित र नियमित गर्ने विषय सरकारको प्राथमिकतामाः अर्थमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले पुँजी बजारलाई व्यवस्थित र नियमित गर्ने विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन्।

नेपाल धितोपत्र बोर्डको ३२ औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश दिँदै अर्थमन्त्री पुनले पुँजी बजारमा सर्वसाधारणको आकर्षण बढोत्तरी हुँदै गएको परिप्रेक्ष्यमा आगामी दिनमा पुँजी बजारमा देखिएका समस्याहरुको समाधान गर्दै बजारलाई व्यवस्थित तथा नियमित गर्ने विषय सरकारको प्राथमिकतामा रहेको बताएका हुन्। ‘सोही क्रममा सम्झौतित कोषको रकम प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटल फन्डका धितोपत्र इकाइमा लगानी गर्ने व्यवस्था गरिनुका साथै धितोपत्रसम्बन्धी कानुनलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल बनाइनेछ’, अर्थमन्त्री पुनले भनेका छन्, ‘त्यसैगरी नियामक निकायको नियमन र सुपरिवेक्षण क्षमता सबल गरी संस्थागत सुदृढीकरण गरी पुँजी बजारका लगानीकर्ताको लगानी र हित संरक्षणमा जोड दिइनेछ ।’

Esewa
Crest

नेपाल स्टक एक्सचेन्ज र सीडीएस एन्ड क्लिरिङको संरचनागत सुधार गर्नुका साथै वस्तु विनिमय बजारको सञ्चालन गर्न कानुनी र संस्थागत व्यवस्था मिलाइने अर्थमन्त्री पुनले बताए। ‘यस क्षेत्रमा क्षेत्रगत विविधीकरण ल्याउनका लागि निश्चित रकमभन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवार्य रुपमा धितोपत्र बजारमा सूचीकरण हुनुपर्ने व्यवस्था गर्न लागिएको छ’, सन्देशमा भनिएको छ।

धितोपत्र बोर्डको स्थापनासँगै देशको समग्र आर्थिक तथा वित्तीय क्षेत्रको विकास र स्थायित्वमा यस बोर्डले अग्रणी भूमिका खेल्दै आएको अर्थमन्त्री पुनले बताएका छन्। ‘साथै, आगामी दिनमा समेत बोर्डले पूर्ण क्षमताका साथ आफ्नो कार्य सञ्चालन गरी देशभित्र छरिएर रहेको बचत तथा वैदेशिक पुँजी समेतलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्दै आर्थिक–सामाजिक रुपान्तरण एक मार्थिक समृद्धि हासिल गर्ने दिशामा अग्रसर रहने अपेक्षा लिएको छु’, उनले भनेका छन्।

धितोपत्र बोर्डले लगानीकर्ताको हक हित संरक्षण, बजारको विश्वसनीयता र प्रभावकारिता एवं दायरा वृद्धि गर्नेतर्फ प्रभावकारी भूमिका निर्वाह गर्ने गरी कार्य सञ्चालन गर्ने अर्थमन्त्री पुनको विश्वास छ। ‘धितोपत्र बजारमा आधुनिक प्रविधियुक्त नियमन तथा सुपरिवेक्षण प्रणालीको विकास गरी बजारको नियमन तथा सुपरिवेक्षण कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाउन नियमन निकायको संस्थागत क्षमता अभिवृद्धि हुन आवश्यक छ’, सन्देशमा भनिएको छ।

नेपालको पुँजी बजारलाई विश्वसनीय, प्रभावकारी, आधुनिक प्रविधिमैत्री एवं गतिशील बनाई सर्वसाधारणको अपेक्षा र चाहनाअनुरुप विकास र विस्तार गर्न अर्थमन्त्री पुनले वार्षिकोत्सवको विशेष अवसरमा बोर्डको उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS