IME Life New

पहिलो त्रैमासमा निर्जिवन बीमा शुल्क आर्जन साढे सात अर्ब, कसको अवस्था कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना महामारीका बीचमा निर्जिवन बीमा कम्पनीहरुले उत्साहप्रद व्यवसाय गर्न सफल भएका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० वटा निर्जिवन बीमा कम्पनीहरुले सात अर्ब ५८ करोड भन्दा बढि कूल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।बीमा समितिबाट प्राप्त तथ्याङ्क अनुसार निर्जिवन बीमा कम्पनीहरुले असोज महिनामा उत्साहप्रद व्यवसाय गर्न सफल भएका हुन् । असोज महिनामा झण्डै तीन अर्बसहित पहिलो त्रैमासमा कूल साढे तीन अर्बभन्दा बढि व्यवसाय गर्न सफल भएका छन्।

बीमा समितिको तथ्याङ्क अनुसार शिखर इन्स्योरेन्स कम्पनी पहिलो हुन सफल भएको छ । उसले तीन महिनामा ९० करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ। त्यसैगरी, दोस्रोमा सगरमाथा इन्स्योरेन्स छ । सो कम्पनीले कूल ७३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । त्यस्तै नेको इन्स्योरेन्स तेस्रो हुन सफल भएको छ ।सो कम्पनीले ६८ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको छ।

Esewa
Crest

सिद्धार्थ इन्स्योरेन्स ६२ करोड सहित तेस्रो स्थानमा छ भने एनएलजी इन्स्योरेन्स ५६ करोड कूल बीमा शुल्क आर्जन सहित पाँचौ स्थानमा छ । यसअघि दोस्रो स्थानमा रहने प्रयासमा रहेको सिद्धार्थ इन्स्योरेन्स यस पटक भने तेस्रो स्थानमा झरेको छ । त्यसैगरी, गत वर्षसम्म निकै पछाडि रहेको एनएलजी इन्स्योरेन्स साउन महिनादेखि नै लगातार पाँचौं स्थानमा पर्दै आएको छ । एनएलजीले प्रिमियर, प्रभु र लुम्बिनी जनरल इन्स्योरेन्सलाई उछिन्न सफल भएको छ।

नयाँ कम्पनी अजोड इन्स्योरेन्सले नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल, अजोड, नेशनल र ओरियन्ट, एभरेष्ट इन्स्योरेन्सलाई जित्न सफल भएको छ । त्यस्तै, युनाईटेड इन्स्योरेन्सले हिमालयन जनरल इन्स्यारेन्सलाई जित्न सफल भएको छ । सानिमा जनरल इन्स्यारेन्स १२ करोड बीमा शुल्क सहित अन्तिम रहेको छ । त्यस्तै, सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनीको तथ्याङ्क बीमा समितिमा प्राप्त नभएको जनाइएको छ ।

तालिकामा हेरौं कसको बीमा शुल्क कति?

स्रोत बीमा समिति/रकम रु करोडमा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS