IME Life New

पहिलो त्रैमासको राजस्व संकलन गर्न दसैँ बिदामा पनि बैंकहरु खुला रहलान् ? के छ यसपालि ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो वर्ष असोजको अन्तिम सातादेखि दसैँ बिदा परेको छ। असोज २४ गते फूलपातीदेखि दसैँको बिदा दिइएको छ। बिदा असोज २८ गते द्वादशीसम्म दिइएको छ। दसैँको टीका असोज २६ गते शनिबार परेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमास पनि असोजमा सकिन्छ। सरकारले असोज मसान्तभित्र पहिलो त्रैमासको राजस्व संकलन गर्छ। यसका लागि नेपाल राष्ट्र बैंकले २०७५ असार ६ गते जारी गरेको परिपत्रअनुसार इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले वर्षभरि नै असोज, पुस, चैत र असार महिनाको अन्तिम साता २५ गते र सोपछि मसान्तसम्म शनिबारलगायत जुनसुकै बिदा परे पनि राजस्व बुझ्न प्रयोजनका लागि बैंकका शाखाहरु खोल्नुपर्ने व्यवस्था गरेको छ।

Esewa
Crest

राष्ट्र बैंकलगायत राजस्व कारोबार गर्ने सम्पूर्ण बैंक, चेक क्लियरिङ गर्ने प्रयोजनका लागि अन्य बैंक तथा वित्तीय संस्था एवं नेपाल क्लियरिङ हाउस पूर्णकालीन रुपमा खुला गरी राजस्व बुझ्ने व्यवस्था मिलाउन राष्ट्र बैंकको उक्त परिपत्रमा उल्लेख छ।

यसपालि दसैँ बिदा असोजको अन्तिम सातामै परेको छ। तर, दसैँ बिदा सकिएपछि असोज २९ र ३० गते कार्यालयहरु खुला रहने हुँदा यसपालि पहिलेको व्यवस्थाअनुसार कार्यालय वा शाखा कार्यालय पूर्णकालीन रुपमा खुला गरी सञ्चालन गर्न अनिवार्य नहुने व्यवस्था गरिएको राष्ट्र बैंकले आज जारी गरेको सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS