IME Life New

पर्वतका कृषक पशु बीमाप्रति आकर्षित बन्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

पर्वतको अधिंकाश व्यावसायिक गाईपालन गरिरहेका कृषकहरुको पशुबीमा तर्फ आकर्षित हुदै गईरहेका छन् । जिल्लाको फलेबास–१० कुर्घाका बुद्धिराम शर्माको फार्ममा एक वर्षयता तीन बिमा कम्पनीका प्रतिनिधि पुगे । गाईको बिमा गर्नुस् भन्दै गएकासँग उहाँले धेरै सोधपुछ गरेका थिए । फाइदा हुने बुझेपछि उहाँले गोठका सबै गाईको बिमा गराउनुभयो । शर्माजस्तै कुर्घाका दर्जन व्यावसायिक किसानले आफूलाई सुविधा र सहज हुने कम्पनी रोजेर गाई, भैँसी र बाख्रालगायतका बिमा गरेका छन् ।

पछिल्लो समय बजार विस्तारमा ध्यान दिइरहेका बिमा कम्पनी पशु बिमाका योजना लिएर गाउँगाउँमा पुग्न थालेका छन् । पशुको बिमा गर्दा बिमा कम्पनीलाई त्यस वापत लाग्ने शुल्कको ७५ प्रतिशत रकम सरकारले दिन थालेपछि कम्पनीको सक्रियता बढ्न थालेको छ ।

Esewa
Crest

अहिले पर्वतका सबै स्थानीय तहका गाउँगाउँमा बिमा कम्पनी किसानको गोठगोठमा पुग्ने गरेका छन् । घरघरै पुगेर कम्पनीले आफ्ना नयाँ कार्यक्रमबारे जानकारी गराउन थालेपछि किसान पनि पशु बिमाप्रति आकर्षित हुन थालेका हुन् ।

पशु बिमा गरेपछि एक वर्ष्भित्र पशु मरेमा त्यसको मूल्यको ९० प्रतिशत रकम कम्पनीले किसानका घरमै पुगेर दिन थालेपछि किसानमा पशु बिमाको लहर चलेको छ । भैँसीको बिमा गरेका किसानले दोहोरो सुविधा पाउने कम्पनीका कर्मचारी बताउँछन् । “किसानले जुन प्रयोजनका लागि पालेका पशु हुन्छन्, सोहीअनुसार बिमा दाबी भुक्तानी हुन्छ”, प्रभु इन्स्योरेन्स कम्पनीका कर्मचारी शङ्कर तिवारीले भन्नुभयो, “दूध उत्पादनमा पालेका गाई–भैँसी बाली नगए पनि ५० प्रतिशत रकम दाबी भुक्तानी हुन्छ ।” गत वैशाखयता पशुको बिमा गर्दा पशुपालक किसानको समेत बिमा हुने भएकाले पनि पछिल्लो समय किसान बिमाप्रति बढी आकर्षित हुन थालेको पाइएको छ ।

व्यावसायिक रूपमा पशुपालक किसानले बिमा गरेपछि पशुमा लाग्ने महामारी रोगबाट हुने क्षतिको सामना गर्नु पर्दैन । व्यवसायमा गरेको लगानी खेर जानबाट जोगिन पशुमा गरेको बिमा धेरै प्रभावकारी भएको किसानको भनाइ छ । बिमा गरेका पशु दुर्घटना, रोग तथा महामारीबाट मरेको खण्डमा बिमा कम्पनी घरमै पुगेर दाबी भुक्तानी गर्न थालेको किसानले बताएका छन् ।

“बिमा गरेपछि पैसा पाउने कुराको विश्वासै लागेको थिएन”, किसान दिनेश अधिकारीले भन्नुभयो, “सबै डकुमेन्ट तयार गरेपछि कम्पनी आफैँले घरमै भुक्तानी दिँदा दङ्ग परेँ ।” गत वर्ष ९५ हजारमा गाईको बिमा गरेका अधिकारीले गाई मरेको एक महीनाभित्रै बिमा कम्पनीले रु ८५ हजार घरमै बुझाउन आएको बताउनुभयो । उहाँले त्यसवापत कम्पनीलाई करीब रु एक हजार २०० मात्रै बिमा शुल्क बुझाउनुभएको थियो ।

पशु प्राविधिकका अनुसार रु एक लाख बराबरको भैँसीको बिमा गर्दा बिमा कम्पनीलाई पाँच हजार तिर्नुपर्छ । त्यसमा सरकारले करीब रु तीन हजार ७५० बिमा कम्पनीलाई भुक्तानी गर्छ । किसानले जम्मा रु एक हजार २५० तिर्नुपर्छ । “सरकारले अनुदान दिने भएपछि बिमाप्रति किसानको आकर्षण ह्वात्तै बढेको छ”, पशु चिकित्सक विष्णुबहादुर पाण्डेले भन्नुभयो, “शुरुशुरुमा प्रचार नभएर किसान अलमलमा थिए, अहिले त्यो अवस्था छैन ।” घरघरै बिमा कम्पनीका कर्मचारी पुग्ने र विभिन्न सञ्चारमाध्यमबाट पशु बिमाप्रतिको प्रचार हुन थालेपछि किसान बिमाबारे जानकार हुन थालेको पाण्डेले बताउनुभयो ।

पशु बिमा गर्दा बिमा कम्पनीले सिरियल नम्बरसहितको ट्याग पशुका कानमा लगाइदिन्छन् । बिमा दाबी भुक्तानी लिन किसानले पशु मरेको बारे तीन दिनभित्र कम्पनीमा जानकारी दिनुपर्ने व्यवस्था छ । मरेको पशु गाढेको वा जलाएको प्रमाणसहित पशु प्राविधिकको सिफारिश पत्र कम्पनीमा पेश गरेपछि कम्पनीले दाबी भुक्तानी दिने व्यवस्था छ । प्राविधिकका अनुसार केही किसानले प्रक्रियाको अज्ञानताका कारण बिमा दाबी गर्न नै आउँदैनन् ।

“कतिपयले बिमा प्रक्रियाबारे नबुझेर पनि अलमलमा छन्”, जलजला गाउँपालिकाका पशुशाखा प्रमुख पशु चिकित्सक विमल शर्मा पौडेलले भन्नुभयो, “केहीले थोरै पैसा तिरेर धेरै पाइन्छ भन्ने विश्वासै मान्दैनन् ।” बिमा गर्दा लाग्ने शुल्क निकै कम भएकाले किसानलाई बुझाउन सके पशुपालनमा लाग्ने किसानका लागि ठूलो राहत हुने उहाँले बताएका छन्   ।

दुई वर्षअघिसम्म एउटा मात्रै बिमा कम्पनीले पशु तथा कृषि बिमा गर्दै आएकामा अहिले पर्वतमा मात्रै आधा दर्जनभन्दा बढी निर्जीवन बिमा कम्पनीले कार्यालय सञ्चालन गरेका छन् । पर्वतमा शाखा नभएका कम्पनीले समेत गरी पर्वतका गाउँगाउँमा पशु बिमा गर्ने कम्पनीको सङ्ख्या दर्जनको हाराहारीमा छ । छिमेकी जिल्ला बागलुङ, कास्की र म्याग्दीमा शाखा सञ्चालन गरेका कम्पनीसमेत पशु खोज्दै गाउँगाउँमा पुग्ने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS