IME Life New

पर्यटन सेवा क्षेत्रमा वाणिज्य बैंकहरुबाट गयो २ खर्ब बढी कर्जा, कुनबाट कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको कात्तिकसम्म वाणिज्य बैंकहरुबाट पर्यटन सेवा प्रदान गर्ने क्षेत्रमा २ खर्ब रुपैयाँ बढी कर्जा प्रवाह भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकहरुले २ खर्ब ७ अर्ब ७३ करोड ४४ लाख रुपैयाँ पर्यटन क्षेत्रमा कर्जा प्रवाह भएको हो। अघिल्लो वर्ष यो क्षेत्रमा बैंकहरुले २ खर्ब १३ अर्ब ५० करोड ९६ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा यस्तो कर्जा २.७ प्रतिशतले घटेको छ।

Esewa
Crest

पर्यटन सेवा प्रदान गर्ने क्षेत्रमा सबैभन्दा बढी कर्जा प्रवाह गर्नेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ। यो बैंकले चालु आर्थिक वर्षको कात्तिकसम्म २३ अर्ब ९७ करोड ७७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यो अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ०.६८ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २४ अर्ब १४ करोड २६ लाख रुपैयाँ यो शीर्षकमा कर्जा प्रवाह गरेको थियो।

दोस्रोमा प्रभु बैंक रहेको छ। यो बैंकले समीक्षा अवधिसम्म २१ अर्ब ८६ करोड ९४ लाख रुपैयाँ पर्यटन क्षेत्रमा कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष १७ अर्ब ३८ करोड ३४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकबाट गएको कर्जा २५.८१ प्रतिशतले बढेको छ।

पर्यटन क्षेत्रमा धेरै कर्जा प्रवाह गर्ने तेस्रो बैंकमा ग्लोबल आइएमई बैंक रहेको छ। अघिल्लो वर्ष १५ अर्ब ६३ करोड ६ लाख रुपैयाँ यो क्षेत्रमा कर्जा प्रवाह गरेकोमा समीक्षा अवधिमा १७.०७ प्रतिशतले बढेर १८ अर्ब २९ करोड ८८ लाख रुपैयाँ पुगेको छ।

यसैगरी कात्तिकसम्म प्राइम बैंकबाट १७ अर्ब ७२ करोड ८४ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकबाट १६ अर्ब १९ करोड ७६ लाख रुपैयाँ र कुमारी बैंकबाट १२ अर्ब ९५ करोड ३ लाख रुपैयाँ कर्जा भएको छ। अघिल्लो वर्ष यही अवधिको तुलनामा यस क्षेत्रमा प्राइम बैंकबाट गएको कर्जा १२.६२ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको २४.६० प्रतिशतले बढ्दा कुमारी बैंकको १०.६७ प्रतिशतले घटेको छ।

कात्तिकसम्म पर्यटन सेवा क्षेत्रतर्फ हिमालयन बैंकले ११ अर्ब ५२ करोड ५६ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १० अर्ब ९४ करोड २ लाख रुपैयाँ, नबिल बैंकले १० अर्ब ९३ करोड ९४ लाख रुपैयाँ, नेपाल बैंकले ९ अर्ब ११ करोड १४ लाख रुपैयाँ र एनएमबि बैंकले ८ अर्ब ४० करोड ५९ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। यी सबैको कर्जा प्रवाह अघिल्लो वर्षको तुलनामा बढेको छ।

उता कात्तिकसम्म सिद्धार्थ बैंकले ७ अर्ब ८६ करोड ६६ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले ६ अर्ब ९६ करोड ३७ लाख रुपैयाँ, कृषि विकास बैंकले ६ अर्ब १७ करोड ३३ लाख रुपैयाँ, सानिमा बैंकले ५ अर्ब ९३ करोड १२ लाख रुपैयाँ र एनआईसी एसिया बैंकले ५ अर्ब ७९ करोड ७२ लाख रुपैयाँ पर्यटन सेवा क्षेत्रमा कर्जा प्रवाह गरेका छन्। अघिल्लो वर्षको तुलनामा एनआईसी एसिया बैंकको कर्जा घटे पनि अरु सबैको बढेको छ।

यसैगरी चालु आर्थिक वर्षको कात्तिकसम्म पर्यटन सेवा क्षेत्रतर्फ माछापुच्छ्रे बैंकले ४ अर्ब ७८ करोड ६६ लाख रुपैयाँ, एभरेष्ट बैंकले ४ अर्ब २२ करोड ५ लाख रुपैयाँ, सिटिजन्स बैंकले २ अर्ब ७९ करोड ८० लाख रुपैयाँ र स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब २५ करोड १८ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा माछापुच्छ्रे र एभरेष्ट बैंकको कर्जा प्रवाह बढेको छ भने सिटिजन्स र स्ट्यान्डर्ड चार्टर्डको घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS