IME Life New

नौ महिनामा ३० अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता, सबैभन्दा बढी पर्यटनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८०।८१ को नौ महिनामा ३० अर्ब रुपयाँ बढीको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको छ।

उद्योग विभागका अनुसार चैतसम्म कुल २६९ वटा परियोजनाका लागि ३० अर्ब ९ करोड ९५ लाख रुपैयाँ बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको हो। चैतमा मात्रै १६ वटा परियोजनाका लागि ९६ करोड ५० लाख रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ।

Esewa
Crest

यो वर्ष २५३ वटा साना, १३ वटा मध्यम र ३ वटा ठूला परियोजनाका लागि वैदेशिक लगानी प्रतिबद्धता आएको छ। कुल लगानी प्रतिबद्धतामध्ये सबैभन्दा धेरै पर्यटन क्षेत्रमा देखिएको छ। पर्यटन क्षेत्रमा १२२ परियोजनाका लागि वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ।

यसैगरी सेवा क्षेत्रमा ९३, उत्पादनमूलक उद्योगमा १२, सूचना प्रविधिमा ९, पूर्वाधारमा ६, कृषिमा ६ र खानीमा २ परियोजनाका लागि वैदेशिक लगानी प्रतिबद्धता आएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS