IME Life New

नौ महिनामा निर्जीवन बीमकको व्यापार करिब ३० अर्ब, शिखर सबैभन्दा अगाडि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्म निर्जीवन बीमा कम्पनीहरुले करिब ३० अर्ब रुपैयाँको व्यापार गरेका छन्। नेपाल बीमा प्राधिरकणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमा कम्पनीले चैतसम्म २१ लाख ९३ हजार ५४७ वटा बीमा पोलिसी बिक्री गरी २९ अर्ब ९९ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

समीक्षा अवधिसम्म सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क आर्जन गरेको छ। यो कम्पनीले ४ अर्ब २२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

Esewa
Crest

दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको रहेको छ। यो कम्पनीले ३ अर्ब ५३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। तेस्रोमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले २ अर्ब ८९ करोड रुपैयाँ कुल बीमाशल्क आर्जन गरेको छ।

यसैगरी आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले २ अर्ब ६४ करोड रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले २ अर्ब ५४ करोड रुपैयाँ र नेको इन्स्योरेन्स कम्पनीले २ अर्ब २९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

त्यस्तै युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले १ अर्ब ९७ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब ८३ करोड रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले १ अर्ब ७८ करोड रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्स कम्पनीले १ अर्ब ५१ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्स कम्पनीले १ अर्ब ३२ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ३० करोड रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनीले १ करोड १४ करोड र नेशनल इन्स्योरेन्सले ८७ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS