IME Life New

नेसनल लघुवित्तको उत्कृष्ट वित्तीय प्रदर्शन, अधिकांश सूचकमा आकर्षक प्रगति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१ को अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा वर्षमा संस्थाले ३४ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष संस्थाले २१ करोड ५९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष संस्थाको नाफामा ५७.८९ प्रतिशतको बढोत्तरी भएको छ।

Esewa
Crest

यो वर्ष संस्थाको सञ्चालन मुनाफा ५१.८६ प्रतिशतले बढेर ४७ करोड १६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ३१ करोड ५ लाख रुपैयाँमा सीमित थियो।

समीक्षा वर्षमा संस्थाको खुद ब्याज आम्दानी १ अर्ब ५९ करोड ८६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष खुद ब्याज आम्दानी ६५ करोड ९९ लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष खुद ब्याज आम्दानीमा ७५.५६ प्रतिशतले बढेको छ।

आव २०८०।८१ मा संस्थाको वितरणयोग्य मुनाफा २८ करोड ११ लाख रुपैयाँ रहेको छ। संस्थाको चुक्तापुँजी १ अर्ब १६ करोड ५५ लाख रुपैयाँ रहेको छ। यो हिसाबले संस्थाको लाभांश क्षमता २४ प्रतिशत बढी नै देखिन्छ।

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) घटेर ३.२५ प्रतिशत कायम भएको छ। अघिल्लो वर्ष एनपीएल ३.५३ प्रतिशत थियो। संस्थाले २२ लाख ७५ हजार रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ।

संस्थाको रिजर्भमा १ अर्ब ४१ करोड ९३ लाख रुपैयाँ र रिटेन्ड अर्निङ २८ करोड ११ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिजर्भमा १ अर्ब २५ करोड ५३ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ३० करोड ३९ लाख रुपैयाँ थियो।

समीक्षा वर्षमा संस्थाले १३ अर्ब १९ करोड रुपैयाँ सापटी लिएर २० अर्ब ६३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षमा संस्थाले ९ अर्ब ८७ करोड रुपैयाँ सापटी लिएर १६ अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

समीक्षा वर्षमा संस्थाको प्रतिशेयर आम्दानी (ईपीएस) बढेर २९.२५ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १९.९२ रुपैयाँ थियो। पीई रेसियो ४८.१७ गुणा रहेको संस्थाको प्रतिशेयर नेटवर्थ २४५.९० रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS