IME Life New

नेष्डो समृद्ध लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, लाभांश पारित गर्ने, मर्जरको ढोका खोल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आफ्नो छैटौँ वार्षिक साधारणसभा डाकेको छ।

संस्थाको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो चैत १० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा पर्वतको कुश्मास्थित रोयल कुश्मा रिसोर्टमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले गत आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश छन्।

सभाले बोनस शेयर वितरणपछि जारी र चुक्तापुँजी २९ करोड १३ लाख ३७ हजार ५०० रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले अन्य एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जान उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ भने चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले फागुन २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन २८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS