IME Life New

नेरुडे मिर्मिरे लघुवित्तद्वारा राकम कर्णालीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको राकम कर्णाली शाखा कार्यालयमा आज फागुन ७ गते स्वास्थ्य सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। शाखामा वित्तीय कारोवार गरिरहेका महिला सदस्यहरूलाई लक्षित गरी आयोजित कार्यक्रममा महिला सशक्तिकरण, स्वास्थ्य सचेतना, तथा वित्तीय ज्ञान अभिवृद्धि गर्ने उद्देश्य रहेको थियो।

कार्यक्रम भेल्तडी नेरुडे मिर्मिरे महिला समूहकी अध्यक्ष हरिकला माझीको अध्यक्षतामा तथा वालगडा नेरुडे मिर्मिरे महिला समूहकी निर्मला देवी माझीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

Esewa
Crest

कार्यक्रममा स्थानीय अहेव गौरा मयलले मौसम परिवर्तनका कारण लाग्ने रोगहरू, तिनबाट बच्ने उपाय, तथा महिलाहरूमा पाठेघरको क्यान्सर रोगको जोखिम र रोकथामका उपायहरूबारे सहभागीहरूलाई जानकारी गराइन्।

यसैगरी, संस्थाका श्रीनगर क्लष्टर प्रमुख तेज बहादुर खत्रीले वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण प्रदान गर्दै महिला सदस्यहरूलाई सुव्यवस्थित बचत, ऋण व्यवस्थापन, आर्थिक योजना, र वित्तीय अनुशासनका विषयमा मार्गदर्शन गरेका थिए।

कार्यक्रममा स्थानीय बुद्धिजीवीहरू, शिक्षक, राकम कर्णाली शाखा तथा कमलबजार अछाम शाखाका कर्मचारीहरूको समेत सक्रिय सहभागिता रहेको थियो।

संस्थाले वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिने क्रममा आउँदो हप्ता चितवनको भरतपुर र नवलपरासीको रजहरमा समेत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS