IME Life New

नेरुडे मिर्मिरे लघुवित्तको एकिकृत कारोबार शुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मोरङको विराटनगर स्थित नेरुडे लघुवित्त वित्तीय संस्था र काभ्रेपलाञ्चोकको बनेपा स्थित मिर्मिरे लघुवित्त वित्तीय संस्थाको मर्जर सम्पन्न भई फागुन ३० गतेबाट एकिकृत कारोबार शुरु भएको छ । दुई लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभिएपछि नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरू भएको हो । काठमाडौं स्थित होटल एल्लो प्यागोडामा एक समारोहका बिच नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख गुरु प्रसाद पौडेलले पानसमा दिप प्रज्वलन सहित उद्घाटन गरी एकिकृत कारोबार शुरु गरेको हो ।

एकिकृत कारोबार शुभारम्भ समारोहमा प्रमुख अतिथि पौडेलले मर्जरले दुई संस्था अझै सवल र अग्रिणी बन्दै गएकोमा शुभकामना दिएका थिए । अबको दिनमा अवसरहरु सिर्जना हुँदै गएको अवस्थामा केही चुनौतीहरु पनि आउन सक्ने भएकोले त्यस्ता चुनौतीहरुलाई दुबै संस्थाको सवल पक्षहरुलाई आत्मसाथ गर्दै चिर्दै जानुपर्ने बताए ।

Esewa
Crest

साथै अहिले बजारमा अनेक हल्ला र अफवाहहरु फैलिएको र कर्जा लिए पछि कुनै पनि हालतमा तिर्नै पर्छ, होला केही ऋणीहरुलाई समस्या परेको हुन सक्छ, यस्तो अवस्थामा नेपाल राष्ट्र बैंकले ऋणीहरुको लागि कर्जा पुनरसंरचना तथा पुनरतालिकीकरणको सुविधा दिनको लागि वित्तीय संस्थाहरुलाई निर्देशन पनि जारी गरिएको बताए ।

कार्यक्रममा अतिथिको रुपमा बोल्दै माइक्रो फाइनान्स एसोसियशन नेपालका अध्यक्ष जगत बहादुर पोखरेलले मर्जरमा समस्याहरु पनि हुन्छन् र राम्रा पक्षहरु पनि हुने र राम्रा पक्षहरुलाई लिएर अगाडी बढ्न सकेमा लघुवित्त वित्तीय संस्थाहरु नमुनाको बन्ने र बजारमा नकारात्मक तत्वहरुलाई कानुनी दायरामा ल्याउन नेपाल राष्ट्र बैंक र नेपाल सरकार अविलम्ब लाग्नु पर्ने र यसमा सबै वित्तीय संस्थाहरु एक्यबद्ध हुनुपर्ने समेत बताए ।

त्यसैगरी अर्का अतिथि नेपाल लघुवित्त बैंकर्स एसोसियशनका अध्यक्ष राम बहादुर यादवले अब लघुवित्तहरु बलियो बन्नको लागि मर्जर र एक्विजिशनको विकल्प नभएको र लघुवित्त वित्तीय संस्था परिष्कृत बनाउनको लागि राष्ट्र बैंकले मर्जरको राम्रो पोलिसी ल्याएको र अब सिमित लघुवित्त वित्तीय संस्थाहरु रहनु पर्नेमा दुईमत नभएको बताए ।

कार्यक्रममा साविक नेरुडे लघुवित्त वित्तीय संस्था लि.का संचालक समिति अध्यक्ष डा. भेष प्रसाद धमलाले अहिले लघुवित्त क्षेत्रमा ग्रहण लागेको अवस्थामा अब विस्तारै उज्यालो हुँदै जावस भनेर शुभकामना दिएका थिए ।

कार्यक्रममा दुबै संस्थाका संचालकहरु, पुर्व अध्यक्ष तथा संचालकहरु शेयरधनीहरु, कर्मचारी तथा सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।  दुई संस्थाको एकिकृत कारोबार पश्चात चुक्ता पुँजी १ अर्ब ३९ करोड ७७ करोड ६४ लाख ५ सय ४५ रुपैंयाको रहेको छ भने एकिकृत कारोबार पश्चात संस्थाको केन्द्रीय कार्यालय काभ्रेको बनेपा नगरपालिका वडा नं. ८ मा रहने भएको छ ।

मर्जर पश्चात दुबै संस्थाको गरी २६० भन्दा बढि शाखा सञ्जाल रहनेछ भने १,२०० भन्दा बढि कर्मचारीहरु सहित लघुवित्त क्षेत्रमा सबै भन्दा बढि कर्मचारीहरु रहेको संस्था बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS