IME Life New

नेपाल बैंकको वार्षिक साधारणसभा चैत ६ मा, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंकले आफ्नो ६५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो चैत ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको हलचोकस्थित नेपाल एपीएफ क्लबमा बिहान साढे १० बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले सर्वसाधारण शेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्नेछ। सभाले गत आर्थिक वर्ष २०८०।८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको आर्थिक प्रतिवेदन स्वीकृत गर्नेछ। सभाले चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले फागुन २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब फागुन २२ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS