IME Life New

नेपाल बीमक संघको अध्यक्षमा चंकी क्षेत्री, पदाधिकारीमा क्षेत्री, खड्का र बादे निर्विरोध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमक संघको अध्यक्षमा चंकी क्षेत्री निर्बिरोध चयन भएका छन् । क्षेत्री यस भन्दा अगाडीको कार्यसमितिमा महासचिव थिए । त्यस्तै उपाध्यक्षमा सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैदवार क्षेत्री, महासचिवमा नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का, कोषाध्यक्षमा आइएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकरी अधिकृत युगेशभक्त बादे श्रेष्ठ निर्विरोध चयन भएका हुन् । बादे अहिले पनि कोषाध्यक्षमा छन् ।

संघको निवार्चन समितिले आज १२ बजेसम्म मनोनयन दर्ताका लागि समय दिएको थियो । मनोनयन दर्ता गर्नु भन्दा अगाडी सबैको नाम आपसी सहमतिमा तय गरिएको हो । कार्यसमिति सदश्यहरुको लागि पनि सहमति जुटाउने काम भइरहेको छ ।  निर्जीवन बीमा कम्पनीहरुको प्रमुख कार्यकारी अधिकृतहरुको छाता संघठन नेपाल बीमक संघका पदाधिकारीहरुले सबैको नाम आपसी सहमतिमा तय गर्दै छन् । अहिलेका अध्यक्ष तथा शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पाण्डेलाई नेपाल पुनर्बीमा कम्पनीको संचालकमा निरन्तरता दिलाएर चंकी क्षेत्रीलाई अध्यक्ष चयन गरिएको हो ।

Esewa
Crest

यस भन्दा अगाडीको कार्य समितिको अध्यक्षमा शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीप पाण्डे ,उपाध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नुरप्रताप प्रधान, महासचिवमा चंकी क्षेत्री, कोषाध्यक्षमा युगेशभक्त बादे श्रेष्ठ, कार्यसमिति सदस्यमा सुनिल बल्लव पन्त, सन्चित बर्जाचार्य, कुमार बहादुर खत्री, सुवोधलाल श्रेष्ठ थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS