IME Life New

नेपाल फाइनान्सले डाक्यो वार्षिक साधारणसभा, मर्जरको ढोका खोल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल फाइनान्सले आफ्नो ३२ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको सोमबार (पुस २९ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो माघ ८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ८ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने ढोका खुला गर्नेछ। मर्जरमा जान उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव सभाले आनुमोदन गर्नेछ।

सभाले सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालक निर्वाचन गर्नेछ। सभाले गत आर्थिक वर्ष २०८०।८१ को सञ्चालक समितिको वार्षिक तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन स्वीकृत गर्नेछ। सोही सभाले चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

गत आर्थिक वर्षका लागि भने कम्पनीले कुनै पनि प्रकारको लाभांश प्रस्ताव सभाले लगेको छैन। यसको अर्थ शेयरधनीहरुले उक्त आर्थिक वर्षका लागि लाभांश पाउने छैनन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS