IME Life New

नेपाल फाइनान्सको करिब ११ लाख कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल फाइनान्सको करिब ११ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको अवितरित १० लाख ९४ हजार ४७१.१८७ कित्ता हकप्रद शेयर बिक्रीमा राखिएको हो।

बिक्रीमा राखिएको शेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। यसको मतलब लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

Esewa
Crest

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा १० अंकले भाग जाने संख्यामा बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्ने अन्तिम मिति जेठ ३ गतेसम्म तोकिएको छ।

बोलपत्र काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटलको कार्यालय, कमलादीमै रहेको नेपाल फाइनान्सको केन्द्रीय कार्यालय तथा शाखाहरुबनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा र प्रभु बैंकका शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढीमा पेस गर्न सकिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS