IME Life New

नेपाल एसबीआई बैंकको वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबीआई बैंकले आफ्नो ३१ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १०.६५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३.८० प्रतिशत बोनस शेयर र ६.८५ प्रतिशत नगद लाभांश छन्।

सभाले बोनस शेयर जारीपछि जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। प्रबन्धपत्र र नियमावलीमा नियमनकारी निकायबाट संशोधन, थपघट वा परिमार्जन गर्न निर्देशन भएमा सोहीबमोजिम गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव सभाले पारित गर्नेछ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृति गर्नेछ। सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले पुस ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS