IME Life New

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग नयाँ लक्ष्य र संकल्प पूरा गर्न नेतृत्व समूहको खोजीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले प्रदान गर्दै आईरहेका विभिन्न सेवाहरु थप नयाँ स्वरुप मार्फत प्रवाह गर्न लागेको छ । नयाँ स्वरुप अन्तरगत कम्पनीको नयाँ लक्ष्य, बृहत दृष्टिकोण र नयाँ मान्यताहरुलाई अगाडि सारेर थप सर्वोत्कृट सेवा प्रदान गर्न लागेको हो ।

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले विश्वसनीय, व्यावसायिक र ग्राहक–केन्द्रित विश्व–स्तरीय मर्चेण्ट बैंकिङ्ग र लगानी बैंकिङ सेवा प्रदान गर्दै नेपालमा सबैभन्दा राम्रो लगानी बैंकिङ सेवा प्रदायक हुने दृष्टिकोणका साथ अघि बढेको छ ।

Esewa
Crest

गुणस्तरीय सेवा, पारदर्शिता, नैतिकता, शिष्टता र सभ्यता तथा धैर्यतालाई आत्मसाथ गरी ग्राहकमैत्री सेवालाई थप विशिष्ट बनाइएको समेत जनाइएको छ । भारतीय स्टेट बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी एसबीआई क्यापिटल मार्केट्स लिमिटेड र नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड बीच साझेदारी भए संगै प्रमुख लक्ष्य परियोजनामा लगानी, नेपालका व्यापारिक संघ संस्थाहरुसंग सहकार्य गरी विशिष्ट वित्तीय परामर्श सेवाहरु प्रवाह गर्ने लक्ष्य कम्पनीले लिएको छ ।

स्वदेशमा रहेका विभिन्न परियोजनाको पहिचान, संचालन र कार्यान्वयन, जलबिद्युत परियोजना लगायतका पूर्वाधार क्षेत्रमा तीव्र गतिमा कार्यहरु बढेको छ र जसमा परियोजना लगानी एवं अन्य वित्तीय परामर्श क्षेत्रहरुमा विशेषज्ञ परामर्श सेवाको आवश्यकता महशुस गरिएको छ ।

महशुस गरिएको वित्तीय परामर्श सेवालाई नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले प्रदान गर्ने बताइएको छ । विश्वसनीय, व्यावसायिक र ग्राहक–केन्द्रित विश्व–स्तरीय मर्चेण्ट बैंकिङ्ग र लगानी बैंकिङ सेवा प्रदान गर्न नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडमा दक्ष व्यवस्थापन र व्यवस्थापक टिमहरु रहेका छन् ।

सेवा प्रवाह थप चुस्त दुरुस्त होस र सेवा प्रवाहमा सहजता होस भनी हालै मात्र पनि कम्पनीले विभिन्न ३ मुख्य पदहरु मुख्य परिचालन अधिकारी (सीओओ) – प्रबन्धक उपप्रबन्धक, प्रमुख कर्पोरेट सल्लाहकार – सहायक प्रबन्धक  वरिष्ठ अधिकारी तथा अनुसन्धान अधिकारी – जुनियर अधिकारीका लागि दरखास्त माग समेत गरेको छ । नेपालमा नै बसेर पनि आफु र आफ्नो संस्थाको सुनौलो भविष्य बनाउने तपाईहरुको ईच्छा र संकल्पलाई नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले पुरा गर्ने विश्वास समेत कम्पनीले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS